एनआईसी एसिया बैङ्कबाट करोडौँ हप्ता उठाउँछन् राष्ट्र बैङ्कका गभर्नर अधिकारी, नपत्याए हेर्नुहोस् प्रमाण

  • साझा डबली
  • शनिबार, असार ४, २०७९
  • एनआईसी एसिया बैङ्कबाट करोडौँ हप्ता उठाउँछन् राष्ट्र बैङ्कका गभर्नर अधिकारी, नपत्याए हेर्नुहोस् प्रमाण

    काठमाडौँ – नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको निर्देशनमा बैङ्कहरूबाट हप्ता उठाउने गरेको पाइएको छ । विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूबाट गभर्नर अधिकारीले बैङ्कहरूको आर्थिक अवस्था, बैङ्कको कमजोर संस्थागत सुशासन र व्यक्तिगत सम्बन्धका आधारमा हप्ता उठाउने गरेका छन् ।

    मोटिभेट न्यूज डटकमलाई प्राप्त विवरण अनुसार अधिकारीले केही वाणिज्य बैङ्कहरूबाट १ करोडभन्दा माथि, विकास बैङ्कबाट ५० लाखभन्दा माथि र फाइनान्स कम्पनीबाट लाखौँ रकम असुली गर्ने गरेको आशङ्का गर्न सकिन्छ । नेपालमा २७ वटा वाणिज्य बैङ्क, १७ वटा विकास बैङ्क, १५ वटा फाइनान्स कम्पनी र ६५ वटा माइक्रो फाइनान्स सञ्चालनमा छन् ।

    यसमध्ये हामीले वाणिज्य बैङ्कहरूबाट कसरी हप्ता उठाइन्छ भन्ने विषयमा चर्चा गरेका छौँ । हामीले उदाहरणका रूपमा एनआईसी एसिया बैङ्कलाई लिएका छौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूको अनुगमन, नियमन र सुपरिवेक्षण गर्ने गर्छ । बैङ्कमा संस्थागत सुशासन कायम भएको छरछैन यसको अनुगमन गर्दै त्यस्तो नदेखिएको पाइए कारबाही गर्ने अधिकार पनि राष्ट्र बैङ्कका हो ।

    नेपाल राष्ट्र बैङ्कको पछिल्ला विवरण अनुसार राष्ट्र बैङ्कले समेत संस्थागत सुशासन कायम गरेको पाइदैन् । राष्ट्र बैङ्कको विवरणमा एनआईसी एसिया बैङ्कका शाखा संख्या ४ सय ७० उल्लेख गरिएको छ । एनआईसी एसिया बैङ्कले मोटिभेट न्यूजलाई पठाएको विवरण अनुसार बैङ्कका ३ सय ५९ शाखा मात्रै सञ्चालनमा छन् । यो विवरणलाई क्रस म्याच गर्दा राष्ट्र बैङ्कको विवरण र फिल्डको वास्तविकता मिल्दैन ।

    बैङ्कका अध्यक्ष, सञ्चालक समिति सदस्य ९उनीहरूलाई थाहा नहुन पनि सक्छ०, बैङ्कका प्रमुख कार्यकारी अधिकृत ९सीइओ०, नेपाल राष्ट्र बैङ्क, बैङ्क सुपरभिजन विभागका कार्यकारी निर्देशक र नेपाल राष्ट्र बैङ्कका गभर्नरको मिलेमतोमा बैङ्कका शाखा बढाएर हप्ता असुलीको धन्दा चलाइएको आशङ्का छ । राष्ट्र बैङ्कको पछिल्लो विवरण अनुसार एनआइसी एसिया बैङ्कका १ सय ११ वटा शाखा धेरै देखाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology