कति छ गभर्नरको खातामा पैसा ? सबै चकित पार्ने गरी आयो यस्तो विवरण

  • साझा डबली
  • सोमवार, जेष्ठ ९, २०७९
  • कति छ गभर्नरको खातामा पैसा ? सबै चकित पार्ने गरी आयो यस्तो विवरण

    काठमाडौँ – नोटहरूमा हस्ताक्षर गर्ने नेपाल राष्ट्र बैङ्कका गभर्नरको खातामा कति पैसा होला रु यो आम नागरिकको चासोको विषय हो । सार्वजनिक पद धारण गरेको जुनसुकै व्यक्तिले पनि हरेक वर्ष सम्पत्ति विवरण अद्यावधि गरेर सार्वजनिक गर्न पर्ने कानुनी प्रावधान छ । तर नेपालका सार्वजनिक पद धारण गरेका पदाधिकारीहरूले सम्पत्ति सार्वजनिक गर्नु त परको कुरा सम्पत्ति विवरण अद्यावधिसमेत गरेका पनि हुँदैनन् ।

    त्यही भएर पनि राष्ट्र बैङ्कका गभर्नर अधिकारीको सम्पत्ति कति होला रु यो धेरैको चासोको विषयमा बनेका हो । उनले २०७७ साल वैशाख १ गर्ने नेपाल राष्ट्र बैङ्कलाई बुझाएको सम्पत्ति विवरण मोटिभेट न्यूजलाई प्राप्त भएको छ । त्यसपछि उनले सम्पत्ति विवरण अद्यावधि गराएका छैनन् । उक्त विवरण अनुसार उनको खातामा जम्मा १८ हजार रुपैयाँ मात्र रहेको छ ।

    विवरणमा उक्त रकम कुन बैङ्कको खातामा हो भनेर खुलाइएको छैन । उनले उक्त रकम तलबबाट आएर बचत भएको बताएका छन् । नेपाल राष्ट्र बैङ्कमा सेवा निवृत्त भई फेरी गभर्नर बन्दा पनि उनको खातामा जम्मा १८ हजार रुपैयाँ मात्र हुनु चकितको विषय हो ।

    उनले बैङ्कलाई बुझाएको विवरण अनुसार विभिन्न १० ठाउँमा घर जग्गा किनेको उल्लेख गरेका छन् । ललितपुरको पाँच ठाउँमा दस रोपनी भन्दा बढि, झापाको चार ठाउँमा दुई बिघा भन्दा धेरै श्रीमती सरिता अधिकारीको नाममा रहेको छ ।

    उनको नाममा मकवानपुरको हेटौडा स्थिति हटिया लाइनमा दुई कट्ठा जग्गा रहेको छ । अर्को अच्चमको कुरा के छ भने उनको छोराले झन्डै पाँच लाखको बाइक चढ्ने गरेको सोही सम्पत्ति विवरणमा उल्लेख छ । २०७५ सालमा छोरो सौगात अधिकारको नाममा ४ लाख ७५ हजारमा उक्त मोटरसाइकल खरिद गरेको प्राप्त विवरणमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology