कस्तो खालको बैंक:खाता नखोलेरै ऋण दिन्छ एनसीसी बैंक

  • साझा डबली
  • शुक्रबार, माघ २८, २०७८
  • काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक ९एनसीसी बैंक०को अनौठो घटना सार्वजनिक भएको छ । बैंकले दिने शैक्षिक कर्जामा खाता नखोली कर्जा स्वीकृत गर्ने गरेको पाइएको छ ।

    शैक्षिक कर्जा लिएर अध्ययनका लागि बेलायत पुगेका विद्यार्थीहरु बेलायतको अध्यागमनबाट फर्किएपछि यस्तो रहस्य खुलेको हो ।

    विषय हो, गएको जनवरी १८ तारिखको । अध्ययनका लागि बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकसायर ९युक्लिन० मा स्नातक तह ९ब्याचलर अफ आर्टस् विथ अनर्स इन बिजनेस म्यानेजमेन्ट० पढ्न गएका विद्यार्थी म्यानचेस्टर विमानस्थलमा ओलिए ।

    नेपालबाट गएका विद्यार्थीहरुलाई त्यहाँको अध्यागमनका कर्मचारीले केही सोधपुछ गरे । सोधपुछ गर्दा विद्यार्थीले राम्रोसँग उत्तर दिन सकेनन् । विद्यार्थीसँग आफूले अध्ययन गर्ने विषयवस्तुबारे पर्याप्त ज्ञान नभएको, विश्वविद्यालयको पुरारुप पनि थाहा नभएको, बस्ने ठेगान नभएको पाइएपछि अध्यागमनका कर्मचारीलाई शंका लाग्यो ।

    त्यसपछि उनले थप अनुसन्धान गर्न थाले । अनुसन्धानबाट विद्यार्थीले बैंकबाट लिएको शैक्षिक कर्जामा समेत समस्या देखियो । विद्यार्थीले बैंकबाट कर्जा लिएको तर उक्त बैंकमा खाता नखोलेको भेटियो र उसको अभिभावकको खाता पनि उक्त बैंकमा भेटिएन ।

    अध्यागमनले यही विषयलाई इश्यु बनाएर भिसा रद्द गरिदियो । त्यसपछि जनवरी २१ तारिखमा लगभग ८४ जना विद्यार्थी नेपाल फर्किए ।

    बैंकले खाता नै नखोली यसरी किन कर्जा स्वीकृत गर्यो भनेर बुझ्न खोज्दा बैंककी प्रमुख सूचना अधिकारी बन्दना पाठकले यस बारेमा आफूलाई जानकारी नभएको बताइन् ।

    ‘म अलि व्यस्त छु, फेरी मलाई यस विषयमा जानकारी पनि छैन् । हाम्रो मुख्य शाखाका शाखा प्रबन्धक विकाशमान श्रेष्ठलाई भेटेर बुझ्नुहोस् ।’ उनले टेलिफोनमा भनिन् ।

    त्यसपछि हामी बागबजारमा रहेको बैंकको मुख्य शाखामा गएर बुझ्दा शाखा प्रबन्धक श्रेष्ठले आफू यस विषयमा बोल्न नमिल्ने बताए । उनले आफूले आफ्नो शाखाको विषयको बारेमा मात्र जानकारी दिन सक्ने भन्दै यो समस्या आफ्नो शाखामा नरहेको स्पष्ट पारे ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology