सेटिङमा कर्जा दिएको पुष्टि भएपछि कुमारी बैंकका सीइओ बर्खास्त

  • साझा डबली
  • सोमवार, माघ २४, २०७८
  • काठमाडौं – बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिनाले गलत कर्जा दिएको पाइएपछि कुमारी बैंकले बर्खास्त गरेको छ । उनीसहित बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिनालाई पनि बर्खास्त गरिएको हो ।

    दुबै जनालाई बैंकले सम्मानजनक रुपमा स्वेच्छिक अवसका स्कीम दिएर विदा गरेको हो ।

    सञ्चालक समितिले केही दिन अघि स्वेच्छिक अवसका स्कीम ९भीआरएस० फर ल्याएको थियो । भीआरएसमा निकै राम्रो रकम आउने भएपछि दुबै जना बैंकबाट बाहिरिएका हुन् ।

    कामु सीईओ तिमिल्सनाले स्कीम मन परेकाले बैंकबाट बिदा लिएको जानकारी दिए । कामु सीईओ र डेपुटी सीईओ दुबै जना बैंकबाट बाहिरिए पछि बैंक सञ्चालक समितिले कामु सीईओको जिम्बेवारी रामचन्द्र खनाललाई दिएको छ ।

    यस अघि बैंकको चिफ अपरेटिङ अफिसर रहेका खनाललाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरी कामु सीईओको जिम्बेवारी दिइएको हो । । सरल स्वभाव भएका खनाल अनुभवी बैंकर हुन् ।

    चर्चित गायक योगेश्वर अमात्यको बाराको विश्रामपुरमा रहेको १२ विगाहा जग्गा किर्ते प्रकरणको अनुसन्धान पछि उनीहरु पनि दोषी देखिएका थिए । दुबै जनाको व्यवसायीक करिअरमा धक्का नलागोस भनेर बैंकको संचालक समितिले उनीहरुको सहज बहिर्गमन गरिदिएको हो ।

    गायक अमात्य विशेष कामका लागि नेपाल बाहिर थिए । बाराको विश्रामपुरमा रहेको १२ विगाहा जग्गा खाली भएपछि धेरैले आँखा लगाउने नै भए । नेपाल फर्किएपछि उनी र उनकी श्रीमती सञ्चालक रहेको विरुवा भूमिवन प्रालिको नाममा रहेको जग्गाको किर्ते लालपूर्जा बनाई एसके महर्जन र मुक्तिलाल गौतमले १९ करोड रुपैयाँ ऋण लिएको चाल पाए ।

    आफ्नो जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड ऋण समेत निकालेको थाहा पाएपछि उनी यसबारे बुझ्न कुमारी बैंकको न्यूरोड शाखासम्म पनि पुगे ।

    बैंकले प्रष्ट जवाफ नदिएपछि उनी दशैंअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को महाराजगञ्जस्थित कार्यालयमा पुगेर उजुरी दिएका थिए । त्यसपछि यो घटना सार्वजनिक भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology