के तपाईँकोे ग्लोबल आईएमई बैंकमा खाता छ ? छ भनेअहिल्यै चेक गर्नुहोस् पैसा गायव भएको हुनसक्छ

  • साझा डबली
  • सोमवार, माघ २४, २०७८
  •  

    धादिङ – ग्लोवल आईएमई बैंकमा खाता भएका ग्राहकहरुको पैसा असुरक्षित भएको छ । खातामा पैसा छ भनेर घरमा ढुक्क साथ बसेका ग्राहकहरुले सचेत हुनुपर्ने बेला आएको छ ।

    धादिङको नीलकण्ठ नगरपालिका ९ का श्याम बहादुर नगरकोटी यसैगरी ढुक्क हुँदा खातामा रहेको ४ लाख १७ हजार रुपैयाँ गायव भएको छ । काठमाडौंमा पठाओ कम्पनीको सहारामा ट्याक्सी चलाउँदै आएका नगरकोटीको पैसा खाताबाट गायव भएको हो । ट्याक्सी चालकले दिने कमिशन पठओले खल्ती एपबाट लिने गर्छ । खल्ती एपसँग चालकको बैंक एकाउन्टको कनेक्सन रहन्छ ।

    सोमबार उनी सडकमा ट्याक्सी चलाई रहेका थिए । उनको मोबाइलको घण्टी बज्यो । ९७४८‘४९२ नम्बरबाट फोन गर्ने व्यक्तिले आफू खल्ती एपको कर्मचारी भएको बताए । ‘म खल्ती एपको कर्मचारी हुँ । तपाईंको एकाउन्ट रिन्यु नभएको एक वर्ष भएछ । अब रिन्यु गर्नुस् बोनस पनि राख्नेबेला भएछ । तपाईंको एकाउन्ट नम्बर दिनुस् तपाईंलाई खल्ती एपले बोनस पठाइँदिँदै छ,’ फोनबाट यस्तो वाक्य सुनेपछि नगरकोटीको मुखमै कण्ठ भएको ग्लोबल आईएमई बैंकको एकाउन्ट नम्बर फरर भनिदिए–०१०‘।१००४२८३३ ।

    फोन गर्ने व्यक्तिले उनलाई फोन राख्न दिएन । एउटा कोड नम्बर आएको छ त्यो कोड नम्बर भन्नुस् त भन्दै उताबाट नगरकोटीको मोबाइलमा आएको कोड नम्बर मागियो । उनले सहजै आफ्नो मोबाइलमा आएको कोड नम्बर दिए । ‘मैले कोड नम्बर दिएपछि । अब तपाईंलाई २।५ प्रतिशत बोनस आउँछ भन्दै फेरी अर्को कोड माग्यो,’ उनलेभने,‘अर्को कोड नम्बर दिएपछि मेरो मोबाइलमा अर्को म्यासेज आयो । त्यो म्यासेजमा पैसा निकालिएको रहेछ । तर, मलाई त्यो भेउ नै भएन ।’

    यसरी उताबाट कोड नम्बर मागिरहेको विषयमा उनले खल्तीको कार्यालयमा फोन गरेर जानकारी पनि गराए । तर, खल्तीका कर्मचारीले तपाईंलाई एकछिनमा फोन आउँछ भन्दै राखिदिए । त्यसपछि फेरी सोही नम्बरबाट फोन आयो । ती व्यक्तिले आफू खल्तीकै कर्मचारी हो भन्दै फेरी कोड नम्बर मागे । उनलाई लाग्यो फोन गर्ने व्यक्ति खल्तीकै कर्मचारी रहेछ । उनले कोड नम्बर दिए ।

    बेलुका भएपछि नगरकोटी बैंक तिर गएनन् । राती मोबाइलमा म्यासेज आइरहेको थियो । तर, एनसेलले बेला बेला यस्तो म्यासेज पठाइरहन्छ भनेर उनले चासो दिएनन् । मंगलबार विहान फेरी उनलाई खल्तीकै कर्मचारी हुँ भन्दै सोही नम्बरबाट फोन आयो । ‘तपाईंको बोनस रकम १० हजार रुपैयाँ आईतबार आउँछ है,’ ती ‘कर्मचारी’ले यसो भनेपछि नगरकोटीले आजै निकाल्न मिल्दैन रु भन्ने प्रश्न गरे । फोन गर्ने व्यक्तिले मिल्दैन भन्ने जवाफ दिए । त्यतिबेला उनले फेरी नगरकोटीसँग कोड नम्बर मागे । मोबाइलमा आएको ओटिपी कोड उनले फेरी सहजै दिए । त्यतिबेलासम्म उनले यो के भइरहेको छ भन्ने बुझेकै थिएनन् । मंगलबार विहान ग्लोबल आइएमई बैंकको कलंकी शाखामा पुगेर बुझे । ‘बैंकका कर्मचारीले तपाईंको खाताबाट २५–२५ हजार गरेर रकम निकालिएको छ । किन कोड नम्बर दिनु भएको भन्दै हप्काए,’ नगरकोटीले भने,‘मेरो खातामा रहेको ४ लाख १७ हजार रुपैयाँबाट ३ लाख रुपैयाँ निकालिएछ । सोमबार १ लाख र मंगलबार २ लाख रुपैयाँ निकालिएको रहेछ । सामान्य लेखपढ समेत गर्न नजान्ने म यसरी ठगिएँ ।’

    बैंकका कर्मचारीसँग उनले आफूसँग चेक भएको र रकम कसरी निकालियो भन्दै प्रश्न गरे । तर, बैंकका कर्मचारीले उनलाई चित्त बुझ्दो जवाफ दिएनन् । स्टेटमेन्ट माग्दा शुरुमा एक लाख रुपैयाँ मात्रै निकालेको भनेर दिए । सोही स्टेटमेन्ट लिएर उनी महानगरीय प्रहरी अपराध अनुसन्धान महासाखा मिनभवन पुगेर जाहेरी दिए । प्रहरीमा जाहेरी दिए । त्यसपछि उनी आफ्नो घर तर्फ लागे । घर पुगेका उनलाई यसअघि फोन गरेर कोड नम्बर माग्दै रकम ठगी गर्ने व्यक्तिले फेरी फोन गरेछन् । ‘तपाईं किन प्रहरीमा जानु भएको । प्रहरीमा दिएको जाहेरी फिर्ता लिनुस् तपाईंको मोबाइलमा एउटा कोड आएको छ । त्यो कोड नम्बर भन्नुस् म तपाईंको नाममा रकम आईएमई गरिदिन्छु,’ यसो भनेपछि चालक नगरकोटीले फेरी कोड नम्बर दिए । उनले कोड नम्बर दिएको केहीबेरमै उनको खातामा बाँकी रहेको एक लाख १७ हजार रुपैैयाँ पनि अनलाइनबाटै ट्रान्सफर गरेर ठगिएको पीडित नगरकोटीले बताए । ‘म त बर्बाद भएँ नी सर । मलाई आईएमई गरेर रकम फिर्ता गर्छु भनेर फेरी कोड नम्बर माग्यो । मैले कोड नम्बर दिएँ । तर, केहीबेरमै मेरो एकाउन्टमा रहेको बाँकी १ लाख १७ हजार रुपैयाँ पनि चोरी भयो,’ उनले भने ।

    प्रहरीमा जाहेरी दिएपछि पनि पुन ठगिएका नगरकोटीले फेरी अर्को जाहेरी दिएका छन् । आफ्नो एकाउन्टमा रहेको ४ लाख १७ हजार रुपैयाँ ठगि भएको भन्दै उनले जाहेरी दिएका हुन् । तर, उनको रकम सुरक्षाको प्रमुख दायीत्वकर्ता ग्लोबल आइएमई बैंकले उनलाई कुनै सहयोग गरेको छैन । बैंकमा जाँदा गैरजिम्मेवार जवाफ दिएको उनले बताए । ‘हामीलाई ऋण दिनुपर्यो भने तीन पुस्ते खोजिन्छ । ऋण तिर्नुपर्ने बेला हजार पटक फोन गरेर हैरान पारिन्छ । तर, हाम्रो पैसा यसरी भटाभट निकालिँदा बैंकले आफ्नो कुनै मतलब गरेन,’ नगरकोटी प्रश्न छ,‘खल्ती एपमा रहेको व्यक्तिगत विवरण सुरक्षित रहेनछ । खल्ती एपको कर्मचारी, बैंक नमिली कसरी यसरी ठगी हुन सक्छ ?

    यस विषयमा प्रतिक्रिया लिन खल्ती एपको फोन नम्बर ०१५९७००१७ मा पटक पटक फोन गर्दा फोन उठाउने व्यक्तिले ठगिने व्यक्तिले आफ्नो समस्या ईमेलमा पठाउनुपर्ने बताइन् । तर, सामान्य लेखपढ समेत गर्न नजान्ने नगरकोटीलाई ईमेल के हो भन्ने थाहा समेत छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology