कास्की कांग्रेसको सबैभन्दा कान्छी महाधिवेशन प्रतिनधि ईशा बराल

  • साझा डबली
  • बिहिबार, मंसिर १६, २०७८
  • नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नं १ बाट इन्जिनियर ईशा बराल केन्द्रीय महाधिवेशन प्रतिनधि बन्न सफल भएकी छन् ।२४ बर्षीया उनि नेपाली कांग्रेस कास्कीको सबैभन्दा कान्छी महाधिवेशन प्रतिनधि हुन् । वि.पी को सिद्धान्तबाट प्रभावित उनि देश विकास एवं समृद्धिका लागि युवा राजनीतिमा आउनु पर्छ भन्ने धारणा राख्छिन् ।

    स्वतन्त्रता एवं निष्पक्षताको अनुयायी गर्ने बराल आफूले अवसर पाएमा महिला, अपाङ्ग एवं सम्पूर्ण समुदायका व्यक्तिहरूको हक हितको लागि आवाज उठाउने बताउँछिन् । नेपाली राजनीतिमा पढेका व्यक्ति सक्रिय राजनीतिमा निकै कम लागेको अवस्थामा आफू जस्तै अरु विद्यार्थीहरुलाई पनि इमान्दारिताको राजनीतिमा आउन उनि प्रेरित गर्छिन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology