पोखरामा सञ्चालनमा आउँदै क्लासिक चुलो

  • नारायण क्षेत्री
  • बुधबार, मंसिर १५, २०७८
  • नेपाली खाना र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरामा क्लासिक चुलो रेष्ट्रो एण्ड ब्यङ्क्युट सञ्चालनमा आउने भएको छ ।
    मंगलम हस्पिटालिटी प्रा.लि.द्धारा सञ्चालित चुलो आगामी माघ १ गतेदेखि सञ्चालनमा आउन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । परम्परागत नेपाली खानाका पारखीलाई लक्षित गरी पोखरा चिप्लेढुंगास्थित पोखरा टे«डमलको पाँचौ तलामा चुलो सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष खेमप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

    नेपालको पर्यटन क्षेत्रमा नयाँपन दिने उद्देश्यसहित सात महिना अगाडी स्थापित हस्पिटालिटी गु्रपले आगामी २ बर्षभित्र देशका मुख्य शहरहरु काठमाडौं, चितवन र बुटवलमा शाखा विस्तार गर्ने योजना रहेको म्यानेजिङ्ग डाइरेक्टर राजेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
    पोखरामा नेपाली अर्गानिक खानाका पारखीहरुले खोजे जस्तो ठाउँ पोखरामा सिमित रहेकाले गाउँ गाउँका खानाका परिकारका स्वाद ग्राहकहरुलाई पस्कने आफूहरुको मुख्य उद्देश्य रहेको परियोजना सल्लाहकार अरुण मानन्धरले बताए । नेवारी खानालाई पनि विशेष प्राथमिकता दिइने उनको भनाइ छ । ब्याङ्क्युटमा २ करोड रुपैयाँ लगानी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology