माओवादी केन्द्र पोखरा महानगरको दोस्रो अधिवेशनको तयारी पूरा

  • नारायण क्षेत्री
  • शुक्रबार, मंसिर १०, २०७८
  • पोखरा १० मंसिर

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिको दोस्रो अधिवेशन शनिबार पोखरामा हुँदैछ ।शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानगर समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले पोखरा सभागृहमा हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । अधिवेशनलाइ अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल रुपमा सम्बोधन गर्ने छन् ।

    सम्मेलनलाइ सम्पन्न गर्न विभिन्न १२ वटा उपसमिति गठन गरिएको छ । त्यस्तै डा. कृष्णराज अधिकारीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको अध्यक्ष लामिछानेले जानकारी दिए ।

    अधिवेशनले आगामी तिन बर्षका लागि ९९ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने छ । महानगर अन्तर्गतका ३३ वटा वडामा ८ हजार संगठित पार्टी सदस्य रहेका छन् । अधिवेशनमा वडा सम्मेलनबाट छनोट भएका ५ सय एक प्रतिनिधिले सहभागिता जनाउने छन् । अधिवेशन सम्पन्न गर्न करिब सात लाख रुपैयाँ खर्र्च लाग्ने आयोजकको अनुमान छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology