कास्की कांग्रेसको सभापतिमा बरालको उम्मेदवारी

  • नारायण क्षेत्री
  • बिहिबार, मंसिर ९, २०७८
  • पोखरा ९ मंसिर

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागी किशोर बरालले कास्की कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । बरालले बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै आफ्नो समूहको उम्मेदवारी घोषणा गरेका हुन् ।

    उपसभापतिमा हरिप्रसाद शर्मा लामिछाने, लेखबहादुर गुरुङ, सचिवमा भरतप्रसाद तिवारी, अमृत कुमार श्रेष्ठ रहेका छन् । त्यस्तै सहसचिवमा विकास थापा र कृष्णमान ठुसाजु गरी सात सदस्यीय पदाधिकारीको उम्मेदवारी घोषणा गरेका हुन् ।

    उम्मेदवारी घोषणा गर्दै उनले गुट र समूह फरक भएको उल्लेख गरे । उद्देश्य प्राप्तिका लागि समूह आवश्यक भएकाले पनि आफूले समूह निर्माण गरेको उनले बताए । आफू सभापतिमा निर्वाचित भए अघिल्लो कार्यसमितिबाट हुन नसकेका कामलाइ पूरा गर्ने सहितका ९ वटा प्रतिवद्धता सहितका एजेन्डा उनले अघि सारेका छन् ।उनले नेपाली कांग्रेसमात्र नभइ नेपाली राजनीतिमा एक नेता एक उद्यमशीलता आवश्यक रहेको बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology