चितवनमा पत्रकार खत्रीमाथि हातपात गर्ने प्रहरीलाई कारबाही गर्ने प्रहरी प्रमुख अधिकारीको प्रतिबद्धता

  • साझा डबली
  • शनिबार, असार २६, २०७८
  • काठमाण्डौ,असार २६ । चितवनकी सुजिता भण्डारीको मृत्यु प्रकरणको विषयमा समाचार संकलन गर्न घटनास्थल पुगेका हेल्लो टिभी नेपालका पत्रकार मिलन केसीलाई कुटपिट गर्ने चितवनका प्रहरी कारबाहीमा पर्ने भएका छन । गत असार २२ गते समाचार संकलनमा पुगेका खत्रीलाई सुचना बिभागको कार्ड देखाउँदा देखाउँदै एक प्रहरीले उनीमाथी लाठी र बुट प्रहार गरि क्यामरा तोडफोड र घुँडामा गहिरो चोट हुने गरि घाईते बनाएका थिए ।

    प्रहरीको उक्त दुव्यवहारपछि पत्रकार खत्री चितवन जिल्ला प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीलाई भेट्न गएका थिए । एसपी प्रमुखले पत्रकार खत्रीलाई कुट्नु अमानविय ब्यवहार भएको बताएका थिए । कुटपिट गर्ने प्रहरीको तलब काटेर क्षति भएको क्यामरा मर्मत र कुटपिट गर्ने प्रहरीको तलब काटेर भएपनि क्यामरा मर्मत गरिदिने चितवन प्रहरी प्रमुख अधिकारीले पत्रकार सामु प्रतिबद्धता व्यक्त गरेका थिए । उनले यो घटना दुखलाग्दो र नहुनु पर्ने घटना भएको भन्दै पत्रकार सामु व्यक्तिगत माफीसमेत मागेका थिए ।

    ‘पत्रकारले सामाचार संकलन गर्न पाउनु नैसर्गिक अधिकार हो’ पत्रकार खत्रीले भने, समाचार चित्त नबुझेमा कानुनी उपचार गर्न पाउने पर्याप्त बाटोहरु छन् । तर राज्यले नै पत्रकारलाई नियोजित रुपमा खोजि खोजि कुट्नु निन्दनिय रहेको छ । यसले प्रेस स्वतन्त्रता र निर्वाद रुपमा समाचार संकलन गर्न पाउनु पर्ने पत्रकारहरुको अधिकार कुण्ठित भएको पत्रकार खत्रीले बताए ।

    बिगत लामो समय देखि बिभिन्न सञ्चार माध्यममा पत्रकारिता गर्दै आएका केसी हाल हेल्लो टिभी नेपालमा आवद्ध छन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology