विप्लव (नेकपा) प्रति सरकार सकारात्मक, छिट्टै वार्ता गर्ने प्रधानमन्त्री ओलीको उद्घोष

  • साझा डबली
  • आइतवार, फाल्गुन १६, २०७७
  • काठमाण्डौ,फागुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) समूहसँग चाँडै वार्ता गरिने बताएका छन् ।

    झापाको कमल गाउँपालिका–७ मा आयोजित कार्यक्रममा बोल्दै उनले वार्ताका लागि प्रकिया चलिरहेको र केही दिनमा नै यसबारेमा सबैलाई थाहा हुने पनि बताए ।

    सरकारले विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई प्रतिबन्ध लगाएको छ । केही समयअघि विप्लव समूहले एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि सकारात्मक भएको बताएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology