नेपाल एयरलाइन्सको लापरबाही : कोरोना पोजेटिभ व्यक्ति जहाज चढेर दिल्ली पुगे, ११ यात्रु आइसोलेसनमा

  • साझा डबली
  • शनिबार, फाल्गुन १५, २०७७
  • काठमाडौं, फागुन १५ । नेपाल एयरलाइन्सका कर्मचारीको लापरबाहीका कारण नेपाल वायुसेवा निगमको जहाजबाट एकजना कारोना पोजेटिभ यात्रु दिल्ली पुगेको तथ्य फेला परेको छ । शुक्रबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलस्थित निगमका कर्मचारीको लापरबाहीका कारण पोजेटिभ रिपोर्ट आएका यात्रुलाई समेत जहाज चढाएको अनुमान गरिएको छ ।

    विमानस्थल स्रोतका अनुसार दिल्ली पुगेको जहाजमा कुल १४१ यात्रु थिए। कोभिड-१९ पोजेटिभ रिपोर्ट बोक्ने यात्रु महिला हुन् । उनको साथ र आसपास बस्ने ११ जना यात्रुलाई आइसोलेसनमा पठाइएको छ । कोभिड-१९ पोजेटिभ रिपोर्ट भएका यात्रुलाई जहाज चढाउन पाइँदैन । नेपाल आउने र बाहिरिने सबै यात्रुको साथमा ७२ घन्टा भित्रको पिसिआर नेगेटिभ रिपोर्ट हुनुपर्छ ।

    नेपाल एयरलाइन्सी प्रवक्ता करिष्मा श्रेष्ठले यात्रुको साथमा कोभिड पोजेटिभ रिपोर्ट भएको खबर आएको पुष्टि गरेकी छिन ।

    नेपाल एयरलाइन्सका कर्मचारीको लापरबाहीका कारण यसअघि पनि पटकपटक कम्पनीले कारबाही भोग्नु परेको छ । तर, व्यवस्थापनले भने कर्मचारीलाई कारबाही गर्न सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology