बुबा र मामाबाटै ७ वर्षीय बालकको अपहरण, ७ घण्टामा बालकको सकुशल उद्धार

  • साझा डबली
  • आइतवार, फाल्गुन ९, २०७७
  • जनकपुर,फागुन ९ । प्रहरीले अपहरण परेको ७ घण्टाभित्रमा एक बालकको सकुशल उद्धार गरेको छ । जनकपुरको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबार राति नै उद्धार गरिएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताउनु भयो । ती बालकलाई जनकपुरधामको माछा बजार नजिकै राखिएको अवस्थामा उद्धार गरिएको हो ।

    अपहरणमा संलग्न भएको आशंकामा बालकका दुई मामा र बुबा रमेश दाससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो । अपहरणमा बुबा र मामाकै संलग्नता देखिएपछि प्रहरी नै आश्चर्यमा परेको छ ।

    घटनाको विस्तृत विवरण धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology