भागरथी हत्या प्रकरणः दिनेशले हत्या गरेको भन्नेमा परिवारको आशंका,शव बुझ्न अस्वीकार

  • साझा डबली
  • बिहिबार, फाल्गुन ६, २०७७
  • काठमाडौं, फागुन ६ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, कतोलाकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव बुझ्न परिवारले अस्वीकार गरेको छ। घटनाका प्रमुख अभियुक्त दिनेश पक्राउ परे पनि भागरथीको परिवारले भने उनले घटना घटाएको भन्नेमा आफूहरु विश्वस्त नभएको बताएको छ। उनीहरुले घटनाका दोषीका सन्दर्भमा आफूहरु विश्वस्त नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।

    जिल्ला प्रहरी कार्यालय बैतडीले घटनामा संलग्न सोही स्थानका १७ वर्षीय दिनेश भट्टलाई मंगलबार राति पक्राउ गरी बुधबार सार्वजनिक गरेको थियो। भागरथीको शव जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको छ। गत माघ २१ गते बुधवारका दिन विद्यालय गएकी भागरथी भट्टको अर्कोदिन साँझ घर नजिकै लबलेक सामुदायिक वनमा शव भेटिएको थियो।

    हत्याका प्रमुख अभियुक्त मानिएका दिनेशले पुरानो रिसइबीका कारण हत्या गरेको स्वीकारेका छन्। प्रहरीका अनुसार बलात्कारको प्रयास गरे पनि भागरथीको यौनांगबाट रगत बगिरहेकाले त्यसै छोडेको दिनेशले प्रहरीलाई बयान दिएका थिए।

    भागरथीको परिवार अहिले जिल्ला प्रहरी कार्यालय बैतडीमा छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology