प्रदेश १ मा सत्तारुढ नेकपाका सांसदहरुले नै गरे प्रदेशसभा अवरुद्ध

  • साझा डबली
  • आइतवार, माघ २५, २०७७
  • काठमाण्डौं, माघ २५ । प्रदेश १ मा सत्तारुढ नेकपाका सांसदहरुले नै प्रदेशसभा अवरुद्ध गरेका छन् । आइतबार दिउँसो सुरु भएको बैठक नेकपा ओली समूहका सांसदहरुले अवरोध गरेका हुन् । सत्तारुढ सांसदहरुले नै अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

    सत्तारुढ दलका सांसदले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदलाई प्रवेश गर्न दिएको भन्दै वैठक विरोध गरे। सोहि विरोधका कारण संसद अवरुद्ध भएपछि अविश्वासको प्रस्ताव दर्ता हुन पाएन ।

    प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका ४२ सांसदले हस्ताक्षर गर्दै अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। तीमध्येका १६ जनालाई मुख्यमन्त्री राईले कारवाही गरेका थिए।

    अविस्वासको प्रस्तावलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा पनि दुई धार देखिएको छ । नेता शेखर कोइराला विराटनगरमा नै रहेर अविश्वासको प्रस्तावको पक्षमा मत हाल्नुपर्नेमा दवाव दिइरहेका छन्। भने सभापति देउवाले प्रदेशका सांसदहरुलाई काठमाडौं वोलाएका छन् ।

    देउवाले प्रदेशसभाका सांसदलाई काठमाडौं डाक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology