प्रहरीले बल प्रयोग गरी खुलायो पूर्वपश्चिम राजमार्ग, प्रहरी र प्रदर्शनकारी बीच झडप : वडा अध्यक्षको टाउको फुट्यो

  • साझा डबली
  • बिहिबार, माघ २२, २०७७
  • काठमाडौं,माघ २२ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास सडकखण्ड प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । महोत्तरीको बर्दिबासस्थित मुख्य चोकमा बिहानैदेखि प्रदर्शन गरिरहेका नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर राजमार्ग आशिंक रुपमा खुलाएको हो ।

    राजमार्गमा धर्ना बसेका प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गरेर हटाएको थियो । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको थियो । प्रहरी र प्रदर्शनकारीबीच भएको झड्पमा प्रचण्ड-माधव समूहका शंकर महतो, बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणी पोखरेल, वडा सदस्य निरज अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष राजन ढुङ्गाना लगायत घाइते भएका छन् । उनीहरुको हात, खुट्टा र टाउको चोट लागेको छ । वडा नम्बर ३ का अध्यक्ष ढुङ्गानाको टाउको फुटेको छ ।

    बर्दिबास बन्द गराउन नपाइने भन्दै राजाबादी समर्थन र केपी समूहका कार्यकर्ताहरुले नाराबाजी गर्दै बन्द सडक खुलाउन प्रहरीलाई दबाब दिँदै प्रदर्शन गरेका थिए । प्रचण्ड-माधव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव महोत्तरीमा समेत परेको छ । आमहड्तालका कारण यस क्षेत्रका बजार, कलकरखाना, शैक्षिक संस्थाहरु बिहानैदेखि बन्द छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology