त्रिभुवन विमानस्थलबाट अबैध सुनसहित एकजना पक्राउ

  • साझा डबली
  • सोमवार, माघ १२, २०७७
  • काठमाडौं,माघ १२ ।अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४५ ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर उपमहानगरपालिका १३ का सुवास गुरुङ छन् । कतार एयरवेजद्वारा कतारको दोहाबाट काठमाडौं आएका गुरुङलाई विमानस्थलमा खटिएका प्रहरीले जाँच गर्दा बच्चाले प्रयोग गर्ने डाइपरको बटमभित्र लुकाएर ल्याएको उक्त सुनसहित फेला पारी पक्राउ गरेको हो । यस्तै सुन संकलन गर्न आएका तनहुँ व्यास नगरपालिका ९ का ३१ वर्षीय टकबहादुर गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    बरामद सुनसहित उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology