प्रेमिकालाई गोली हानेर हत्या गरेपछि भागेका युवा काठमाडौँबाट पक्राउ

  • साझा डबली
  • शुक्रबार, माघ ९, २०७७
  • काठमाण्डौ, माघ ९ । पाँचथरमा प्रेमिकालाई गोली हानेर हत्या गरेपछि भागेका युवालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् ।

    ०६७ मा पाँचथरको एक होटलमा कुमुकहाङले सामान्य विवाद हुँदा प्रेमिकालाई गोली हानेको थिए । टाउकोमा गोली लागेर प्रेमिका ढलेपछि भागेका उनी काठमाडौँमा लुकिछिपी बसेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    लाहुरेको छनोट परीक्षामा सहभागी भएर ताप्लेजुङ फर्कंदा कुमुकहाङ प्रेमिकासँग पाँचथर स्थित एक होटलमा बसेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology