‘चुनाव चिन्ह किन चाहियो ? सूर्य चिन्ह चाहिने भए बैठकमा आउनू’ : प्रधानमन्त्री ओली

  • साझा डबली
  • शनिबार, माघ ३, २०७७
  • काठमाण्डौ, माघ ३ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेताहरुलाई चुनाव चिह्न सूर्य किन चाहियो भन्दै प्रश्न गरेका छन् । प्रदेश १ को सम्पर्क कमिटीले आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले सूर्य चिह्न चाहिने भए बैठकमा आउनुपर्ने बताए । उनले पुष्पकमल दाहाल र माधव कुमार नेपाललगायत नेताहरु केन्द्रीय कमिटीमा नआएर अध्यक्ष र महासचिवलाई थाहा नदिई निर्वाचन आयोग गएको बताए ।

    “चुनाव चिह्न किन चाहियो ? चिह्न दाबी गरेकोले एकपटक पनि चुनाव लडेको छैन । सूर्य चिह्न चाहिन्छ भने बैठकमा आउनुस् । उनले चुनावी गठबन्धन गर्दा  नमानेकाले जनताले अर्कै चिह्नमा भोट हाल्नु परेको बताए ।

    उनले आफूले न्यायाधीशसँग भेट नगरेको जिकिर गरे । ओलीले भने, ‘मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन ।’ उनले अघि भने, ‘अह, सपना प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको हो । अरु देखेको पनि छैन, शायद चिनेको पनि छैन ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology