‘स्कुल अफ मेडिकल साइन्सेस’को दादागिरी : शिक्षकले तलव पाउँदैनन्, विद्यार्थीबाट असुली

  • जि.पि.पौडेल
  • सोमवार, पुस २०, २०७७
  • काठमाण्डौ, पुस २० । काठमाण्डौको बनस्थलीमा रहेको स्कुल अफ मेडिकल साइन्सेस(एस.एम.एस) ले अध्यापन गराइरहेका केही शिक्षकहरुलाई पुरै तलव नदिई बिनाकारण पुर्व सुचना नदिई जागिरबाट निकालेको तथ्य फेला परेको छ । गत जेठ २५ गते प्रिन्सीपल सुर्दशन बस्नेतले कोराना भाईरसको संकट देखाई केही शिक्षकहरुलाई मेल मार्फत पत्र पठाएर कलेजमा उपस्थिती नहुन मेल पठाएको प्रमाण साझाडबली ले फेला पारेको छ । लकडाउन तथा संकटको बेला पनि खटिएर काम गरिरहेका शिक्षकहरुलाई चरम श्रम शोषण गरेर जेठ र असारको पुरै तलव नदिई जागीर बाट निकालेर बिद्यार्थीहरुसंग भने कलेजले पुरै पैसा असुलेको हो भने हटाईएका शिक्षकहरुको स्थानमा भने अहिले नयाँ कर्मचारी भर्ना गरी अपरिपक्व शिक्षक भर्ना गर्ने स्थल कलेज बनिरहेको छ ।

    संचालक समितीका केही सदस्य र प्रिन्सीपलको दादागिरीका कारण अहिले शिक्षक तथा बिद्यार्थीहरुको पढाईमा प्रभाव परिरहेको श्रोतले जानकारी दिएको छ । त्यस्तै कलेजले बिभिन्न तयारी कक्षा र अतिरिक्त कक्षा भन्दै बिद्यार्थीहरुबाट पैसा असुल गर्ने शिक्षकहरुलाई भने बेतलवी काम गरेर श्रम शोषण गरेको शिक्षकहरुले गुनासो गरेका छन । कही दिन अगाडी कलेजमा पिडित शिक्षकहरुको आन्दोलन र दिनहुँ जस्तो हुने बिबादले बिद्याथीहरुको पढाईमा पनि असर परेको छ । त्यस्तै केही शिक्षकहरु फेरिरहँदा बिद्यार्थीहरुको पढाईमा पनि गम्भिर असर पर्ने र अभिभावक लगानी बालुवामा पानी हाले जस्तो हुने गरेको बिज्ञहरुले बताउने गरेका छन ।

    के भन्छन प्रिन्सीपल सुर्दशन बस्नेत ?

    कलेजमा प्राय आफ्नो हावी राख्न मन पराउने बस्नेतले उनी निकट र उनलाई खुसि पार्ने काम गरे शिक्षकलाई राख्ने नत्र हटाउने काम गर्दै आईरहेका छन । यस बिषयमा उनलाई सम्पर्कमा ल्याउने प्रयास गरिएपनि उनी फोन नउठाउने तथा कुनै म्यासेजको प्रतिक्रिया दिएनन् । त्यस्तै जागीरबाट आधा तलव पाएर निकालिएका शिक्षकहरुले लिखित निवेदन लिएर प्रतिक्रिया लिन कलेजमा गएका शिक्षकहरुलाई गेट बन्द गरेर भित्र निवेदन पेश गर्न समेत नदिएको शिक्षकले जानकारी दिएका छन । त्यस्तै प्रिन्सीपल बस्नेत आफ्ने निर्णय नै ठिक भएको भन्दै जे गर्छौ गर भनेर कानुनी रुपमा गए पनि आँफु नडराउने भन्दै शिक्षकहरुलाई धम्की दिने गरेका छन ।

    के भन्छ संचालक समिती ?

    स्कुल अफ मेडिकल साइन्सेस(एस.एम.एस)मा कुनै पनि शिक्षक बिना तलव निस्किन परेको छैन र कुनै पनि शिक्षकलाई निकालेको खवर आफुले थाहा नपाएको संचालक समिती अध्यक्ष बिदुर बस्नेतले बताए । उनले अध्यक्ष बस्नेत केही समय देखि बाहिर रहेको र संचालक समितीको बैठमा आफँ नभएको समेत बताए तर जागीरबाट निकालिएका शिक्षकहरुले भने प्रिन्सिपलले संचालक समितिको निर्णयले शिक्षहरुलाई निकालिएको जानकारी दिएको पिडित शिक्षक राजन मानन्धरले साझाडबलीलाई जानकारी दिए ।

    त्यस्तै अर्का संचालक सदस्य नवराज बरालले शिक्षक निकालिएको बिषयमा हाम्रो सम्पर्कमा जानकारी लिन खोज्दा तिमीहरु जे गर्न सक्छौ गर्, कानुनी रुपमा लडेर देखाउ भन्दै साझाडबलीलाई समेत चुनौती दिएका थिए ।

    के भन्छन पिडित शिक्षक ?

    कलेजमा लामो समय देखि अध्यापन गराएका शिक्षक राजन मानन्धरले आफुँहरुलाई जेठ र असार महिनाको आधा तलव दिएर कुनै पनि सल्लाह र कारण नदेखाई निकालेर श्रम शोषण गरेको बताएका छन । पढाएको त पुरै रकम पाउनुप¥यो भन्दै ८ बर्षसम्म स्कुल अफ मेडिकल साइन्सेस(एस.एम.एस)मा अध्यापन गराए बापत बिभिन्न सेवा सुबिधा भन्दै तलवबाट कटाईएको रकम पाउनुपर्ने समेत माग राख्दै आएका छन ।

    पिडित शिक्षक मानन्धरले कलेजमा आफुहरुले तयारी कक्षा र अतिरिक्त कक्षा भन्दै बिद्यार्थीहरुबाट पैसा असुल गर्ने र आफुँहरुलाई नपाएको समेत गुनासो गरेका छन ।

    अर्का पिडित शिक्षक चेतन खड्काले कलेजले शोषण गरेको आफुहरुलाई मान्य नहुने बताएका छन । उनले बिदा तथा बिभिन्न सेवा सुबिधा बापतको रकम पाउनुपर्ने र निकालेको स्पष्ट लिखित जवाफको पनि माग गरिरहेका छन ।

     

    कलेजले गरेका लापरबाहीका केही थप प्रमाण , शिक्षकलाई पठाइएको मेल, अडियो र भिडियोहरु साझाडबली संग सुरक्षित रहेका छन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology