दुई पेस्तोल र ५ राउन्ड गोलीसहित दुईजना पक्राउ

  • साझा डबली
  • बुधबार, अशोज २१, २०७७
  • बाँके,असोज २१ । बाँकेमा दुई पेस्तोल र पाँच राउन्ड गोलीसहित दुईजना पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका ५ स्थित मटेहिया सर्वराजपुरुवा भन्‍ने ठाउँबाट दुईथान नलकटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउन्ड गोलीसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका २०, मनिकापुर बस्‍ने ६२ वर्षीय सलिम नाउँ र नेपालगन्ज उपमहानगरपालिका १९, वासुदेवपुर बस्‍ने ३३ वर्षीय इब्राहिम बेहना छन् ।

    विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology