दाङ राजधानी बनाउने प्रस्तावमा मतदान गर्न नेकपाको ह्विप

  • साझा डबली
  • सोमवार, अशोज १९, २०७७
  • काठमाडौं असोज १९ ।सत्तारुढ नेकपाको प्रदेश ५ को संसदीय दलले सो प्रदेशको राजधानी दाङ गर्ने प्रस्तावमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको छ। सोमबार बिहान नेकपा प्रदेश ५ को संसदीय दलको बैठकले दाङलाई प्रशासनिक र बुटवललाई आर्थिक तथा पर्यटकीय राजधानी बनाउने प्रस्ताव लैजाने निर्णय गरेको छ ।

    बुटवललाई नै प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै नेकपा सांसदहरु विभाजित हुन थालेपछि नेकपाले ह्विप जारी गर्ने निर्णय गरेको नेकपाको प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । बुटवलबाट प्रदेश राजधानी सारेको विषयमा सत्तापक्ष र प्रतिपक्षी दलले आन्दोलन चर्काएको छ ।

    नेकपा महासचिव विष्णु पौडेलले बुवटलबाट राजधानी सार्ने निर्णय पुर्नविचार गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले दाङ नै प्रदेशको स्थायी राजधानी हुने बताउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology