कोरोना संक्रमणबाट बुटवलमा ६५ वर्षीया महिलाको मृत्यु

  • साझा डबली
  • सोमवार, अशोज १९, २०७७
  • बुटवल,असोज १९ । कोरोनाभाइरसको संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका १३ की ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी डा बिष्णु गौतमले बताए ।

    लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा आइतबार बिहान भर्ना भएकी महिलाको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा कोरोना पुष्टि आइतबार नै भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology