स्वाब परिक्षण पश्चात रिपोर्ट नआउन्जेल खुलेयाम सार्वजनिक कार्यक्रममा व्यस्त फलेवास नपाका जनप्रतिनिधी

  • सरकारी ढुकुटीको व्यापक दोहन, सामाजिक संञ्जालमा चर्को आलोचना
  • जि.पि.पौडेल
  • बिहिबार, भदौ १८, २०७७
  • पर्वत, भदौ १८ । कोरोना भाइरस (कोभिड–१९) कतै लागिहाल्छ कि भन्ने डर सबैमा छ । बिशेष गरी कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिको सम्पर्कबाट सर्ने हुनाले यो जतिसक्दो भिडभाड र धेरै व्यक्तिहरुको सम्पर्कमा नआउनु नै उचित हुने गर्दछ । समुदाय स्तरमा फैलिदै गईरहेको बेला सरकार र स्थानिय तहले कोरोना भाइरसको परिक्षणको दायरा भने केहि बढाएका छन तर शक्ति र पहुँचको आधारमा केहि व्यक्तिहरुले यो परिक्षणलाई पनि आफ्नो मुठ्ठीमा पारेर प्रभाबित वर्गसम्म भने पुग्न सकिरहेको भने पक्कै छैन ।

    सरकारले स्थानिय तहमा पनि परिक्षणको दायरा बढाएर लगिरहेको छ । यसैक्रममा पर्वतको फलेवास नगरपालिका भित्र दूई वटा केन्द्र वडा नम्बर ५ खानिगाँउ र वडा नम्बर २ थापाठानामा भदौ १६ गते एक सय १५ जनाको कारोना परिक्षणको लागि स्वाव संकलन गरिएको थियो तर स्वाब संकलन गरिएका व्यक्ति स्वास्थ्य प्रोटोकल मापदण्ड अनुसार परिक्षणको रिर्पोट नआउन्जेल सुरक्षित तवरबाट होम क्वारेन्टाईनमा बस्नुपर्ने हुन्छ ।

    नगरभित्रका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, शिक्षक विभिन्न कार्यालयहरु बैंक लगायतका कर्मचारी, सवारी चालक, होटेल, केही पसल लगायतका प्रतिनिधि, लगायतका व्यक्तिहरुको स्वाब संकलन गरिएको थियो,तर परिक्षणको रिर्पोट नआउँदै निर्वाध रुपमा खुलेयाम बिभिन्न कार्यक्रम तथा पेशा व्यवसायलाई निरन्तर गरिरहेको भेटिएको छ ।

    रिपोर्ट नआउँदै गाउँघरमा तिनै स्वाब परिक्षण गरिएका व्यक्ति तथा जनप्रतिनिधीहरु घुमेको देखेपछि अहिले सामाजिक सञ्जालमा पनि निकै बिरोधका आवाजहरु उठ्न थालेका छन । सामाजिक सञ्जालमा बिभिन्न व्यक्तिहरुले राज्यको ढुकुटी सिध्याउन मात्र पिसिआर रिर्पोट गरेको र आफुखुसी आफ्ना नजिकका व्यक्तिहरुको स्वाब परिक्षण गरेको भन्दै स्थानिय जनप्रतिनिधीहरुलाई आरोप लगाएका छन ।

    हेनुहोस सामाजिक सञ्जालमा उठेका केहि सवालहरु :

    के भन्छन फलेवास नगरपलिकाका स्वास्थ्य संयोजक ?

    रिपोर्ट नआउँदै गाउँघरमा तिनै परिक्षण गरिएका व्यक्ति तथा जनप्रतिनिधीहरु घुमेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी बढेपछि यस बिषयमा साझाडबलीसंगको कुराकानीमा नगरपालिकाका स्वास्थ्य संयोजक रुद्र सापकोटाले स्वाब संकलन गरिएका जनप्रतिनिधी तथा कर्मचारीहरु भने निरन्तर काममा हिडिरहेको स्विकार गरे । स्वाब परिक्षण गरिएका व्यक्तिहरुलाई परिक्षण रिपोर्ट नआउन्जेल होम क्वारेन्टाईनमा बस्न र अत्यावश्यक कामको लागी मात्र आवश्यक सुरक्षाको बिधि अपनाउन आग्रह गरेको बताए ।
    संयोजक सापकोटाका अनुसार नगरपालिकाका वडा न ५ मा ७६ जना र वडा न २ मा ३९ जना व्यक्तिहरुको स्वाब संकलन गरिएको थियो ।

    के भन्छन प्रमुख जिल्ला अधिकारी ?

    स्वाब संकलन गरिएका व्यक्तिहरुको रिपोर्ट नआउन्जेल सुरक्षाको मापदण्ड अपनाएर होम क्वारेन्टाईनमा बस्न तथा अनावश्यक भेटघाट नगर्न आग्रह गरेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले जानकारी दिए । उनले यदि रिर्पोट नआउन्जेल अनिवार्य होम क्वारेन्टाईनमा नबसे र सुरक्षा सामाग्रीको प्रयोग गरेको नगरेको निगरानी गर्न वडा तथा नगरपालिकालाई निर्देशन दिएको बताए । नेपाल सरकार,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोके अनुरुप कार्य नगरेमा जो कोहीलाई पनि संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीको दायरामा ल्याउने पनि प्रजिअ रेग्मीले साझाडबलीलाई जानकारी दिए ।

    यस बिषयमा जानकारी लिन फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्मालाई सम्पर्क गर्दा फोन नउठाएको र अन्य वडाका अध्यक्षहरु समेत आज (बिहिबार) पनि कोरोनाको जोखिम बढिरहँदा नगरपालिकाको आ.व. २०७६/०७७ को प्रगति तथा समिक्षा कार्यक्रममा व्यस्त रहेको जानकारी प्राप्त भएको थियो ।

    बिहिबार भएको नगरपालिकाको बैठक कक्षमा चलिरहेको कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत,नगर कार्यपालिकाका सदस्य, वडा अध्यक्ष, वडा सचिव, विभिन्न शाखाका शाखा प्रमुख लगायत करिव ८० जना भन्दा बढिको ठुलो जमघटका साथ भौतिक दुरिको प्रवाह नगरी कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले नै गरेको यस्तो लापरबाहीका कारण स्थानिय स्तरमा नै कोरोना संक्रमण फैलिने खतरा बढ्ने गरेको स्थानियहरुको गुनासो आउने गरेको छ ।

    हेर्नुहोस आजको तस्विर :

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology