राजेन्द्रबहादुर बमको ‘कर्तूत’ले केयूकेएलमा हैरान

  • साझा डबली
  • सोमवार, भदौ १५, २०७७
  • काठमाण्डौ,जेठ १५ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) क्षेत्रपाटी शाखामा प्रशासन प्रमुखका रुपमा हाजिर भएका थिए विवादित छविका राजेन्द्रबहादुर बम । केयूकेएलको आयोजना कायान्नवयन निर्देशनालय (पिआइडि) अनामनगरमा कार्यरत प्रशासन प्रमुख भएर ५ बर्ष काम गरेका बम त्यहाँबाट क्षेत्रपाटी शाखामा सरुवा भए ।

    रोचक पक्ष त के छ भने सरुवा भएको ६ महिनापछि मात्र हाजिर भएका बम विधिसम्भवत भएको सरुवा रोक्नलाई सर्वाेच्च अदालतसम्म पुगे । अदालतले उनको विपक्षीमा फैसला गरेपछि बाध्य भएर उनी क्षेत्रपाटी शाखामा नै हाजिर भए ।

    विभिन्न कार्यालयमा कार्यरत रहदाँ विवादित छवि भएका बम क्षेत्रपाटी शाखामा आएपछि कार्यालयका लागि नयाँ कुर्सी राम फर्निचर भैसेपाटीबाट १२ हजारका दरले ५ वटा खरिद गरे । जवकि त्यो समयमा प्रतिकुर्सीको बजार मूल्य ५ हजार थियो । खरिद गरेपछि विल पास गर्न कार्यालय प्रमुख र लेखा प्रमुखले नमानेपछि उनीहरुविच विवादसमेत भएको थियो ।

    नेपाली कांग्रेस निकट लोकतान्त्रिक कर्मचारी संघका सल्लाहकार समेत रहेका बम, क्षेत्रपाटीबाट जाउलाखेल शाखामा जान पाए नेकपाको सदस्यता लिन राजी भएको नेकपा निकट संगठनका नेताहरुसंग बताउने गरेका छन् । ‘मलाई जसरी पनि क्षेत्रपाटी शाखाबाट जाउलाखेल शाखामा सरुवाको व्यबस्था मिलाउनुस, म उताजान पाएसाथमा तपाईहरुको संगठनको सदस्य लिन तयार छु’ स्रोतले भन्यो ।

    ‘पिआइडी’मा कार्यारत रहदाँ बम स्टोर शाखा समेत हेर्थे । उनको जव पिआइडीबाट क्षेत्रपाटी शाखामा सरुवा भयो । पआिइडीमा रहदाँ कार्यालयको सर सामान पटक–पटक ताकेदा गर्दा समेत फिर्ता गरेका छैनन् । त्यहाँबाट लिएको कार्यालयको मोवाइल फोन हालसम्म पनि उनी आफैे प्रयोग गरिरहेका छन् ।

    विभिन्न शक्ति केन्द्रको आडमा आफुलाई कसैले केहि गर्न नसक्ने भन्दै उनी आफ्नो साथी संर्कलमा भन्ने गछन्–‘कसले आएर माग्दो रहेछ । म कसैलाई पनि दिन्न् ।’

    पिआइडिमा रहदाँ अकुत सम्पत्ति अर्जान गरेका उनले भैसैपाटीमा आलिसान महल बनाउन सफल भएका छन् । भैसैपाटीमा आफ्नै आलिशान बंगला हुदाँहुदैं पनि उनी कार्यालयको क्वाटरमा स–परिवार बस्दै आएका छन् । भैसैपाटीमा रहेको आफ्नो घरबाट १ लाख ३० हजार प्रतिमहिना भाडा बुझ्ने बमले कुन नैकितामा सरकारी क्याटर प्रयोग गदैँ आएका छन् ?

    पिआइडिमा आर्जन गरेको अकुत सम्पतीलाई कसरी ह्वाइट बनाउने भन्दै साथी संर्कलमा भन्दै आएका उनी दोस्रो श्रीमतीको नाम भैसैपाटीमा नै कलर पसल सञ्चालन गदै आएका छन् । दशक अघि उनी केयूकेएल जाउलाखेल शाखामा प्रशासन तथा वितरण शाखा प्रमुखका रूपमा कार्यारत रहदाँ तत्कालीन केयूकेएल महाप्रवन्धकले युनियनहरुको संयुक्त बैठकमा ‘धाराको पैसा खाने पनि बम’ भनेर हकारेपछि आँसु झारेका बम अहिलेसम्म पनि नानीदेखि लागेको बानी छुटाउन सकेका छैन् ।

    फर्जी विलमा धन्दा

    पिआइडीमा रहँदा बमले सवारीसाधन मर्मत नै नगरी मर्मत गरेकाे भन्दै फर्जी विल तयार पारि कार्यालयको रकम दुरुपयोग गर्ने गरेको स्रोतले बताएको छ । यतिसम्म कि कार्यालयमा सामान नै खरिद नगरी खरिद गरेको भनि फर्जी विल बनाएर रकम निकासा गर्न लगाउने बम कतिपय काम नै नगराई विल बनाएर भुक्तानी लिन गर्थे ।

    केयूकेएलका कर्मचारीहरुले सञ्चालन गरेको सहकारीबाट बषौं अघि लिएको ऋणकाे व्याज माग्दा उल्टै धम्काउने गरेको एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए ।

    पैसा भनेरपछि हुरक्कै हुने बम क्षेत्रपाटी शाखामा आएपछि पटक–पटक विवादमा मुछिदै आएका छन् । साेझाे छविका क्षेत्रपाटी शाखाका प्रमुख निग्रेन्द्र श्रेष्ठसंग उनको कार्यशैलीका कारण बारम्बार लफडा परिरहन्छ । पिआइडीमा रहँदा होस या क्षेत्रपाटीका रहदाँ कार्यलयको हितमा भन्दा व्यक्तिगत नाफा/घाटामा लाग्ने बम सरकारी स्रोत र साधन दुरुपयोगमा अब्बल मानिन्छ ।

    बमको धिनलाग्दो हर्कत यतिसम्म छ कि आफ्नाे कार्यालय र कर्मचारीकाे विरुद्व नियोजित रुपमा यज्ञ ढकाल (जो एक अनलाइन चलाउछन्) संग मिलेर समाचार लेखाउने र उल्टै बाग्रेनिङमा समेत संगल्न हुदैँ आएका छन् । ढकालको अनलाइनले केयूकेएलको दर्जनभन्दा बढि समाचार तयार पार्ने, बाग्रेनिङ गर्ने र अन्त्यमा हटाउने गरेको तथ्य यसअघि नै सार्वजनिक भएको विषय हो । बाग्रेनिङ मार्फत प्राप्त हुने रकम समेत ‘दामाशाहि’मा लिने यज्ञ निकट श्रोतले बताउछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology