निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् भदाै ७ देखि भदाै १३ गतेसम्मको साप्ताहिक राशिफल

  • साझा डबली
  • आइतवार, भदौ ७, २०७७
  • मेष
    मेष राशिका लागि यो साता मध्यम खालको छ । साताको शुरुमा काममा वाधा आउनेछ । स्वास्थ्यमा समस्या हुनेछ । मध्यमा आम्दानीको स्तर बढ्नाले पुराना काम पुरा हुनेछन् । मुद्दामामिलामा राहत मिल्ने एवम् कला, संगीत र सामाजिक कार्यमा प्रगति देखिन्छ । साझेदारी लगानीमा विवाद हुनेछ । प्रेममा प्रगति मिल्ने तथा आफन्तसँग भेटघाट हुनेछ । खानपिनको कारणले स्वास्थ्यमा बाधा एवं पारीवारिक स्वास्थ्यमा समस्या आउनेछ ।

    वृष
    सरसल्लाह नमिल्नाले काममा बोझ पर्नेछ । जग्गा जमीनमा विवाद आउनुका साथै आफन्तबाटै असहयोग आउनेछ । साताको मध्यमा भने विद्यामा प्रगति हुने, सन्तानबाट खुशीयाली मिल्ने र आम्दानीको स्तर बढ्नेछ । घरायसी काममा व्यस्तता बढ्नेछ । जिम्मेवारी थपिने एवं ठूलाबडाको साथ मिल्नेछ । व्यापार व्यवसायमा आम्दानी हुने तथा सम्पतिको जोहो हुनेछ । परिवारसँगको रमाइलोमा दिन बित्नेछ ।

    मिथुन
    काममा व्यस्तता बढ्नाले व्यक्तिगत काम अधुरा रहनेछन् । साताको मध्यमा भने पारिवारिक कलह एवम् मनमुटावको योग देखिन्छ । साताको अन्त्यमा भने धनसम्पति बढ्ने, सुख सुविधामा मन जाने एवम् सवारी सुखको योग रहेको छ । अध्ययन एवम कला, संगीतमा रुचि जानेछ । धार्मिक एवं आध्यात्मिक क्षेत्रमा रुचि बढ्ने तथा व्यापार व्यावसायमा भने सामान्य आम्दानी हुनेछ । सन्तानको सहयोगले अधुरा काममा प्रगति देखिन्छ ।

    कर्कट
    व्यापारमा बढीलाभ हुनेछ ।भोजभतेरमा सहभागी भइनेछ । आर्थिक कारोबार बढ्नाले ऋणको भार कम हुनेछ । इष्टमित्रसँग नयाँ सम्बन्ध बन्नेछ । सामान्य स्वास्थ्य बाधा हुनेछ । काममा ढिलासुस्ती एवं आफन्तजनसँग मनमुटाव रहन सक्नेछ । साताको मध्यमा भने पुराना काम पूरा हुने एवं धार्मिक काममा खर्च हुनेछ ।

    सिंह
    पारिवारिक किचलो हुनेछ, चिन्ता बढ्नेछ । प्रेममा प्रगति एवम् भोगविलासमा खर्च हुनेछ । जग्गा जमीनबाट फाइदा एवम् नोकरी रोजगारीमा राहत मिल्नेछ । साताको अन्त्यमा भने यात्राको सुख मिल्ने, दाजुभाइबाट सहयोग पाइने एवम् सन्तानको स्वास्थ्यमा भने समस्या आउने देखिन्छ । मानसिक तनावले सताउनेछ । आफन्तसँगको कारोबारमा केही असन्तुष्टि हुनेछ । महिलासँग दुश्मनी बढ्ने एवं घरायसी झैझगडा हुन सक्नेछ । साताको मध्यमा भने धनको सुख मिल्ने एवं भोगविलासमा खर्च बढ्नेछ ।

    कन्या
    अचानक खर्च आउनाले सञ्चित धन कम हुनेछ । अनावश्यक लाञ्छना लाग्ने एवम् पेटको समस्या हुनेछ । साताको मध्यमा भने आपसी समझदारीमा विवाद टुंगिनेछ । मनोरन्जनमा रुचि बढ्नेछ । अध्ययनमा अवसर मिल्ने एवं दाजुभाइको सहयोगले सामूहिक काम बन्नेछ । दिदीबहिनी एवं बन्धुहरुबाट काममा प्रशंसा मिल्नेछ ।

    तुला
    पशुचौपाया एवम् कृषिबाट आम्दानी मिल्नेछ । स्त्रिपक्षबाट सहयोग मिल्नाले काममा सहजता आउनेछ । साताको मध्यमा भने यात्रामा खर्च बढ्ने, अनावश्यक वादविवाद हुने एवम् स्वास्थ्यमा प्रतिकुलता देखिन्छ । वन्धुवान्धवको सहयोगले पुरानो काम बन्नेछ । धनसम्पत्तिको सहयोग मिल्ने एवं काममा फुर्सद मिल्नेछ । मिठो भोजनको सुख मिल्ने एवं परिवारसँगको भेटमा रमाइलो हुनेछ ।

    वृश्चिक
    बोली बचनले विवाद आउनेछ । रोजगारीमा भने प्रगति देखिन्छ । व्यापारमा प्रशस्त आम्दानी हुनेछ । जीवनसाथीको स्वास्थ्यमा गडबडी एवम् अचानक खर्च हुनेछ । मनोरञ्जनमा समय व्यतिर्त हुनेछ । साथीभाइ भेटघाट बढ्ने एवंआफन्तसँग खानपिन तथा रमाइलोमा समय बित्नेछ । धनको कारोबारमा भने वृद्धि हुने तथा अध्ययन राम्रो हुनेछ ।

    धनु
    धर्मकर्ममा रुचि जाने एवम् विदेशबाट मिठो खबर आउनेछ । ठुलाबडा व्यक्तिको सहयोग एवम् साथले काममा सहजता मिल्नेछ । साताको अन्त्यमा भने, आर्थिक भार कम हुने एवम् आँटेको काममा लाभ मिल्नेछ । खर्च अधिक हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा परिवारमा मनमुटाव बढ्नेछ ।

    मकर
    पारिवारिक वैमनस्यता बढ्नाले काममा रुचि घट्नेछ । साताको मध्यमा भने वैदेशिक योग बन्ने एवम् अधुरा काममा राहत मिल्नेछ । सामाजिक प्रतिष्ठा मिल्ने तथा सरसहयोगमा समय जानेछ । व्यवसायमा मन्दी आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ । ऋणको भार कम हुने तथा सन्तानबाट आर्थिक सहयोग मिल्नेछ ।

    कुम्भ
    राजनीतिमा अवसर मिल्नेछ, वैवाहिक कुराले साथ पाउनेछ । साझेदारीमा फाइदा मिल्ने तथा व्यावसायिक यात्रा हुनेछ । इष्टमित्रबाट सहयोग मिल्नाले काममा सहजता हुनेछ । व्यवसायमा कमी हुनेछ । सामाजिक एवं धार्मिक क्षेत्रतिर व्यस्तता बढ्ने तथा पदीय प्रशंसा मिल्नेछ । कृषिमा राम्रो फाइदा हुनाले आर्थिक भार कम हुनेछ ।

    मीन
    घरको कामभन्दा बाहिरको जिम्मेवारी थपिनेछ । स्वास्थ्यमा सुधार हुने तथा खेलकुदमा प्रगति मिल्नेछ । काममा आलोचना हुने तथा मातृपक्षको स्वास्थ्यमा गडबडी हुनेछ । व्यापारमा भने फाइदा मिल्ने तथा प्रेममा प्रगति हुनेछ । धार्मिक काममा व्यस्तता हुनेछ । परिवारको सुख मिल्ने एवं पारीवारिक सरसहयोग रहनेछ । सन्तानको सुख मिल्ने एवं वैदेशिक सहायता आउनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology