आज साउन ३० गते शुक्रवार– निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

  • साझा डबली
  • शुक्रबार, साउन ३०, २०७७
  • आज विक्रम सम्बत २०७७ साउन ३० गते शुक्रवार। इश्वी सम्बत २०२० अगस्ट १४ तारिख । नेपाल सम्वत् ११४० गुँलागा । भाद्र कृष्णपक्ष दशमी, १०:३१ बजे उप्रान्त एकादशी । नक्षत्र : मृगशिरा, २८:३३ बजे उप्रान्त आर्द्रा । करण: भद्रा १०:३१ बजेदेखि वव, २२:५० बजे उप्रान्त तैतिल । योग : व्याघात , ०८:५० बजे उप्रान्त हर्षण । आज सूर्योदय बिहान ५ बजेर ३४ मिनेमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर ४१ मिनेटमा हुने छ । आजको राशिफल निम्नानुसार छ–

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    साथीहरुसँगको जमघट र रमाइलोको अवसर छ । सम्बन्धहरुमा न्यानोपन आउने छ । नयाँ सम्झौताहरु फाइदाजनक हुनेछन् । यद्यपि कुनै क्षेत्रमा लगानी गर्दा भने हतारमा निर्णय नलिनु नै राम्रो हुने छ । बाह्य व्यक्तिको अनावश्यक चलखेलका कारण पारिवारिक जीवनमा भने केही झमेलाको सामना गर्नुपर्ने हुन सक्छ । साथीभाइहरुसँगको सम्बन्ध निर्वाह गर्दा यथार्थवादी बन्ने प्रयास गर्नुहोला ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    नसुल्झिएको समस्या र विवादले फेरि उल्झनमा पार्न सक्छ । अनावश्यक रुपमा मानसिक तनाव व्यहोर्नुपर्ने स्थिति आउन सक्छ । घरमा बालबालिकामाथि अनावश्यक तनाव र दवाव थोपार्ने काम नगर्नु होला । साथै छोरा छोरीहरुसँग पनि विवाद हुन सक्छ । कुनै नयाँ व्यवसाय गर्ने तयारीमा हुनुहुन्छ भने आजका लागि उपयुक्त हुने छैन । नवविवाहित जोडीहरुका लागि भने यो समय राम्रो छ । आपसी प्रेम र विश्वास बृद्धि हुने छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    दिनको अपराह्नतिर आर्थिक लाभ हुने योग छ । तपाईंको व्यक्तिको प्रभावले काम गरिरहेको क्षेत्रमा केही नयाँ सफलता प्राप्त हुन सक्छ । मानिसहरुको बीचमा तपाईंको प्रभाव अझै बढ्ने छ । यद्यपि दाम्पत्य जीवनका बारे नराम्रो सोच हावी हुन सक्छ । वैवाहिक जीवनका लागि आजको दिन फलदायक रहने छैन । जीवनसाथीसँगको झगडाले नराम्रो रुप लिने खतरा छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    तपाईंमा विनम्र स्वभावको विकास हुने छ । तपाईंको व्यक्तित्वको प्रभावले राम्रो काम गर्ने योग छ । समझदारीपूर्वक कुनै नयाँ योजनामा लगानी गर्दा त्यसको प्रतिफल राम्रो हुन सक्छ । यद्यपि आजको दिनमा अनावश्यक रुपमा पनि केही पैसा भने खर्च हुन सक्छ । किनमेल र बाहिरी घुमघाममा जाँदा अनावश्यक खर्चबाट बच्नु होला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    धेरै छिटो प्रतिक्रिया जनाउने र आवेशमा आउने बानीका कारण केही समस्या भोग्नुपर्ने हुन सक्छ । खानपानका कारण स्वास्थ्यमा केही समस्या होला । बाहिरी खाना नखाएकै राम्रो । आर्थिक समस्या झन बढ्न सक्छ । कुनै क्षेत्रमा लगानी गर्दा भने हतारमा निर्णय नलिनु नै राम्रो हुने छ । बाह्य व्यक्तिको अनावश्यक चलखेलका कारण पारिवारिक जीवनमा पनि केही झमेलाको सामना गर्नुपर्ने हुन सक्छ । साथीभाइहरुसँगको सम्बन्ध निर्वाह गर्दा यथार्थवादी बन्ने प्रयास गर्नुहोला ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    आज तपाईंको व्यक्तित्वको प्रभावले राम्रो सफलता प्राप्त गर्ने योग छ । कुनै ठूलो समूहमा सहभागीता जनाउने मौका मिल्न सक्छ । जीवनसाथीसँगको सम्बन्धमा मधुरता आउने छ । छोराछरीबाट भने केही गुनासो सुन्नुपर्ने हुन सक्छ । आजको दिनमा अनावश्यक रुपमा केही पैसा भने खर्च हुन सक्छ । किनमेल र बाहिरी घुमघाममा जाँदा पैसा धेरै खर्च हुन सक्छ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    आर्थिक उन्नतिको योग छ । तपाईंको व्यक्तिको प्रभावले नयाँ मानिसहरुसँगको सम्बन्ध पनि फलदायी हुन सक्छ । मानिसहरुको बीचमा तपाईंको प्रभाव अझै बढ्ने छ । यद्यपि दाम्पत्य जीवनका बारे नराम्रो सोच हावी हुन सक्छ । आजको दिन जीवनसाथीसँग भएको झगडाले नराम्रो रुप लिने खतरा छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    शारीरिक व्यायाम तथा योगाभ्यास शुरु गर्दा स्वास्थ्यका दृष्टिकोणले धेरै उत्तम हुने छ धुम्रपान तथा मध्यपानको कुलतबाट छुटकरा पाउनका लागि यो निकै उपयुक्त समय हो । कुनै नजिकको व्यक्तिसँग झगडा हुन सक्छ । जीवनसाथीसँगको सम्बन्ध भने झन सुमधुर हुने छ । समय त्यत्तिकै खेर जाने सम्भवना पनि छ । अनावश्यक उल्झनमा पर्नबाट बच्नुहोला ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    नसुल्झिएको समस्या र विवादले फेरि उल्झनमा पार्न सक्छ । अनावश्यक रुपमा मानसिक तनाव व्यहोर्नुपर्ने स्थिति आउन सक्छ । आफन्त र नातेदारबाट अचानक कुनै राम्रो कामका लागि सहयोग पनि प्राप्त हुन सक्छ । रचनात्मक परियोजनामा काम गर्दा सफलता र छिट्टै राम्रो प्रतिफल प्राप्त गर्ने योग छ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    तपाईंको स्वभागत व्यवहारका कारण साथीहरुसँगको सम्बन्धमा केही दरार आउन सक्छ । बचत गरेर राखिएको धनबाट राम्रै लाभ प्राप्त हुने योग छ । धुम्रापनको लत भएकाहरुले यो लतबाट छुट्करा पाउनका लागि प्रायस गर्दा राम्रो प्रतिफल प्राप्त हुने छ । कुनै आध्यात्मिक गुरु या परिवारका ज्येष्ठ सदस्यबाट सहयोग प्राप्त हुन सक्छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    नयाँ ठाउँको घुमफिर गर्ने योजना छ भने त्यसले तपाईंमा नयाँ ऊर्जा र सोचको विकास गर्ने छ । आर्थिक लेनदेनसँग जोडिएको कुनै समस्या आज समाधान हुन सक्छ । अन्य व्यक्तिको मामिलामा दखल दिने स्वभावबाट बच्नुहोला । अरुको मामिलामा चासो राख्दा मिल्ने साथीसँग पनि विवाद हुन सक्छ । विना कुनै कारण अन्य व्यक्तिसँग विवादमा पर्नसक्ने खतरा पनि छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    कुनै मिठो भोजन ग्रहण गर्ने मौका मिल्न सक्छ । तर, आवश्यकताभन्दा बढी खाने बानीले स्वास्थ्यमा समस्या ल्याउन सक्छ । चिनेजानेका व्यक्तिसँगै कुनै नयाँ व्यावसायिक कामको थालनी हुन सक्छ । बालबालिकाको स्वास्थ्य तनावको कारण बन्न सक्छ । जीवनसाथीसँग असिष्ट व्यवहार गर्नबाट बच्नुहोला । आफूले नगरेको गल्तीका लागी पनि माफी माग्नुपर्ने हुन सक्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology