आन्तरिक हवाई उडान खुलाउने तयारी, सीसीएमसीको बैठक बस्दै

  • साझा डबली
  • शुक्रबार, असार २६, २०७७
  • काठमाडौं, असार २६। सरकारले आन्तरिक हवाई उडान खुलाउने तयारी गरेको छ।

    जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सरकारले अब हवाई उडान खुला गर्ने तयारी गरेको हो।

    यसबारे छलफल गर्न अहिले केही बेरमा सिंहदबारमा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को निर्देशक समितिको बैठक बस्दै छ।

    बैठकमा सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयको निर्देशिका कसरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ भन्नेबारे पनि छलफल हुने छ।

    हिजोको मन्त्रिपरिषद् बैठकले सुरक्षा मापदण्डको पालना गर्दै अन्तरजिल्लामा सार्वजनिक यातायात खुलाउने निर्णय गरेको थियो। आन्तरिक हवाई उडान पनि सञ्चालन गर्नुपर्ने माग उठ्दै आएको छ।

    छिमेकी देश भारतमा समेत आन्तरिक हवाई उडान खुला गरिसकिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology