अज्ञात समूहद्वारा बुटवल-बेलहिया सडकखण्डमा लगाइएका बिरूवा नष्ट

  • साझा डबली
  • शुक्रबार, असार १९, २०७७
  • बुटवल,असार १९। बेलहिया सडकखण्डको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको किनारमा लगाइएका बिरूवा अज्ञात समूहले काटिदिएका छन् । तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेलहिया सडकखण्ड अन्तर्गत मणिग्रामदेखि नयाँमिल तर्फका ३२ वटा स्टोनियाका बिरूवा गएराति अज्ञात समूहले काटेको नगरपालिकाले जनाएको छ ।

    सडकलाई हरियाली बनाउन गत वर्ष लगाइएका ३२ वटा बिरूवा ३ जनाको समूहले मिलेर काटेको त्यहाँ रहेको सिसिटिभी फुटेजबाट देखिएको बताईएको छ । गत वर्ष लगाइएका हुर्कंदै गरेका बिरूवाका हाँगा र फेदैबाट समेत काटिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको बताईएको छ । विरुवा काटिएको विषयमा लिएर समाजिक सञ्जालहरु धरैले आलोचना भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology