हिमालय एयरलाइन्सको उद्धार उडान तालीका सार्वजनिक

  • साझा डबली
  • बिहिबार, असार १८, २०७७
  • काठमाडौं, असार १८। हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई महिनामा हुने चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरेको छ। जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

    कोभिड-१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरुप उडान तालिका बनाइएको कम्पनीले उल्लेख गरेको छ।

    हिमालयले जुलाई २ तारिखमा माल्दिभ्सको मालेमा चार्टर्ड उडान गर्नेछ । जुलाई २, ४, ६, ८ र १० तारिखमा यूएईको अबुधाबी उडान गर्ने कार्यतालिका छ । जुलाई ५, ६, ९ र १० तारिखमा साउदी अरेबियाको दमामा उडान गर्नेछ । त्यस्तै जुलाई २, ५ र ९ तारिखमा कुवेत, जुलाई ४ र ७ मा कतारको दोहा, जुलाई ५ र ७ मा मलेसियाको क्वालालम्पुर र जुलाई ८ मा चीनमा चार्टर्ड उडान गर्ने जनाएको छ।

    यी उडानमा आउने यात्रुले पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ रहेको प्रमाण बुकिङको समयमा अनिवार्य पेश गर्न आग्रह गरेको छ । हिमालयले जुन महिनामा पनि १० दिन चार्टर्ड उडान गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology