उपमेयरको हलो मोह : कृषि बिभागद्धारा जारी प्रोटोकलको वेवास्ता

  • साझा डबली संबाददाता
  • बुधबार, असार १७, २०७७
  • पर्वत, असार १७ । पर्वतको फलेबास नगरपालिकामा गएको असार १५ गते १७ औं राष्ट्रिय धान दिबस मनाइएको छ । फलेवास नगरपालिकाको आयोजना र कृषि ज्ञान केन्द्र पर्वतको समन्वयमा वडा नं ७ चिर्दिखोलाको खेतमा रोपाइँ कार्यक्रमको आयोजना गरिएको हो ।
    बिश्वनै कोरोना भाइरस (कोभिड – १९) को महासंकटको बेलामा रहेको बेलामा नेपालमा पनि कोभिड – १९ को महामारी रहेको छ । यस्तो अबस्थामा पनि रोपाइ मेलाको उद्धघाटन गर्न पुगेकी फलेबास नगरपालिकाकी उप–प्रमूख मन्जु अधिकारीले आफैले हालो जोतेर कार्यक्रमको उद्धघाटन गरिन ।

    बिश्व स्वास्थ्य सङगठनको मापदण्डले २ मिटरको सामाजिक दुरी कायम गरेर मात्र मानिसहरुको उपस्थिती जनाउन भनेको छ भने नेपाल सरकार कृषि बिभागद्धारा सत्रौं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव,२०७७ संचालन सम्बन्धी ११ बुदें प्रोटोकल जारी गर्दै ‘रोपाइँ महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने आदि) गतिविधि नगर्ने’ कृषि विभागले तयार पारेको प्रोटोकलमा भनिएको छ ।

    सामान्यतया रोपाइँ महोत्सवमा धान रोप्न ठिक्क पारेको खेतमा एक अर्कामा हिलो छ्यापेर रमाइलो गर्ने गरिन्छ । तर यसवर्ष सकेसम्म २५ जनामात्र सहभागी हुने र सहभागी बीच न्युनतम ६ फिट (२ मिटर) दूरी कायम गर्नुपर्ने नियम बनाइएको थियो । सम्भव भएसम्म सहभागीको ज्वरो नापेर १००.४ डिग्री फरेन्हाइट भन्दा बढी तापक्रम देखिएमा प्रवेश नदिने पनि रोपाइँ महोत्सव प्रोटोकलमा उल्लेख गरिएको थियो ।

    महोत्सवमा प्रवेश गर्नुअघि मास्क लगाउने, साबुनपानीले हात धुने वा स्यानिटाइजर लगाउनुपर्नेछ । खाजा वा चिया खाने बेला, आवतजावत गर्दा कम्तीमा ६ फिटको दुरी कायम राख्ने, व्यक्तिगत सुरक्षार्थ मास्क लगाउने नियम पनि सरकारले बनाएको थियो ।

    रोपाइँ महोत्सवमा सम्भव भएसम्म सामूहिक खाजा निरुत्साहित गर्ने, कम श्रम लाग्ने प्रविधि वा मेसिन प्रयोग गर्ने, रोपाइँपछि साबुन पानीले हात धुने वा गुणस्तरीय स्यानिटाइजर लगाउने कृषि विभागले नियम बनाएको थियो ।

    पछिल्लो समय पर्बत जिल्लामा स्वास्थ्यकर्मी र समुदायमा समेत कोरोना भाइरसको महामारी फैलीएको अबस्थामा भिडभाड गरेर सामाजिक दुरी कायम नगरी कार्यक्रममा सहभागी भएकोमा उप्रमुखको आलोचना समेत भएको छ ।

    फलेवास नगरपालिकाका केहि व्यक्तिहरुले भने सामाजिक सञ्जालमा उपमेयरको उक्त कार्यको टिका टिप्पणी गरेको स्पष्ट देख्न सकिन्छ “आफ्नो खेत बाझो राखेर अर्काको खेत बाझो राख्न हुन्न जुत्ता लगाएर खेतमा जोते जस्तो गर्न अनौ समाउने रोपे जस्तो गर्न बिउको माला लगाएर हातमा बिउ लिएको देख्दा देख्ने लाई लाज” भन्ने जस्ता स्टाटस पोष्ट गरेका थिए ।

    संस्कृतीको संरक्षण सम्र्बद्धन गर्नु हामी सबैको कर्तब्य र दायित्व नै हो । कृर्षि प्रधान हाम्रो देश नेपालमा ८० प्रतिशत नेपाली कृर्षिमा नै आत्मनिर्भर रहेका छन । उसो त लकडाउन र बन्दाबन्दीले यूबाहरु गाउँ गाउँमा रहेको बेलामा यूवालाई प्रोत्साहन गर्न यसरी आफै रोपाइँ मेलामा गएर हलो समातेर उद्धघाटन गर्नु त राम्रो कामनै हो तर महामारीको बेलामा सर्तकता नअपनाउनु ठुलो भूल हो । असारमा रोपेको धान त मंसिरमा पाक्छ तर तपाइले गरेको गल्ती सधै जनताको मनमा रहने छ ।

    फोटो: सामाजिक संजालबाट !

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology