विदेशमा अलपत्र नेपालीलाई उद्धार गरिरहेका हिमालयन एयरलाइन्सका पाइलटलाई कोरोना संक्रमण

  • साझा डबली
  • बुधबार, असार १७, २०७७
  • काठमाण्डौ,असार १७ । हिमालयन एयरलायन्सका एक जना पाइलटलाई कोरोना संक्रमण देखिएको । विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको नेपाली वायुसेवा कम्पनी हिमालयन एयरलायन्सका एक जना पाइलटमा कोरोना पोजेटिभ देखिएको हो । हिमालयन एयरलायन्सका अनुसार कोरोना पोजिटिभ देखिएका पाइलट मेक्सिकन नागरिक रहेका छन् भने उनलाई हाल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका निगरानीमा राखिएको छ ।

    हिमालय एअरलाइन्सका लाइन ट्रेनिङ क्याप्टेन समेत रहेका उनलाई कोरोना संक्रमण देखिएसंगै उनीसँगै उडेका अन्य चालक दलका सदस्यको पनि स्वास्थ्य जाँच गरिएको थियो तर उनी बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको एअरलाइन्सले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology