क्वारेन्टिनमै विहे : वडाअध्यक्षले मन्त्र पढे,कृष्ण र सीताले नछुट्टिने कसम खाए

  • साझा डबली
  • मङ्लबार, असार २, २०७७
  • काठमाडौं, असार २ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय बेलघारी क्वारेन्टिनमा बसिरहेका कृष्ण वली र सीता चौधरीले विवाह गरेका छन् ।

    वडाध्यक्ष भरत अर्यालले सामाजिक दूरी कायम गर्दै मन्त्रोच्चारण गरेर उनीहरुको विवाह गराइदिएका हुन् । क्वारेन्टाइनमा बसेको २२ दिन पछि स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएकै दिन कृष्ण र सीताको विवाह भएको हो।

    घोराही–१८, नवलपुरका २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहानगरपालिका–५ जवरपुरकी २१ वर्षीया सीता चौधरीबीच जेठ ३२ गते राति विवाह भएको हो ।

    भारतको नयाँदिल्लीस्थित एरोसिटीमा सात वर्षदेखि होटेलमा काम गर्दै आएका वली र चौधरीबीच फेसबुकबाट चिनजान भएर डेढ वर्षअघि मायाप्रेम बसेको थियो । आठ महिनाअघि वली नेपाल आएर चौधरीलाई लिएर गएका थिए ।

    तर अहिले भने घरपरिवारकै स्वीकृतीपछि विवाह गराइएको वडाध्यक्ष अर्यालले जानकारी गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology