‘पोकली झरना’ पुर्वाधार निर्माणको काम तिब्र : भ्रमको पछि नलाग्न आग्रह

  • साझा डबली
  • शनिबार, जेष्ठ ३१, २०७७
  • काठमाडौं, जेष्ठ ३१। ओखलढुंगालाई कार्यथलो बनाएर विभिन्न काम गर्दै आएको सामाजिक सस्था पोकली झरना सेवा समाजले सस्थाको कुनैपनी कामलाई शंकाको दृष्टिकोणले नहेरिदिन आग्रह गरेको छ।
    ओखलढुंगाको लिखु गाउँपालिकामा रहेको पोकली झरना र त्यसको महत्वलाइ राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा परिचित गराउदै देशकै दिगो पर्यटन बिकासको गन्तब्य निर्माण गर्न लागिरहेको बेला स्थानीय स्तरमा भइरहेका बिकासका कामलाई बिबादित नबनाईदिन आग्रह गरेको हो । बिगत केहि दिनयता सस्थाको नाम जोडेर समाजमा भ्रम उत्पन्न गर्ने खालका गतिबिधीहरु समाजिक सन्जालमा देखिएको भन्दै सस्थाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

    सेवा समाजको बिशेष पहलमा सम्बन्धित गाउँपालिका,प्रदेश सरकार र पर्यटन मन्त्रालय, संसदिय क्षेत्र बिकास कोष समेतको सहयोगमा पुर्वाधार निर्माणका काम भईरहेको र हाल पर्यटन बसपार्क निर्माण कार्य भइरहेकोमा उक्त बसपार्क निर्माण समितीका अध्यक्ष महेश बिक भनी नाम जोडिएर आएपछि सस्थाको गम्भीर ध्यान आकर्षक भएको महासचिव शम्भु बरालले जानकारी गराउनु भएको छ।

    बसपार्क निर्माण समितीको अध्यक्षमा महेश बि.क. नरहनु भएको र कार्य सम्पादनको सहजीकरण साथै अनुगमनको लागी मात्र सस्थाको तर्फबाट उहाँलाई प्रतिनिधीको रुपमा खटाईएको महासचिव बरालले बताउनु भएको छ। यता पोकली झरना सेवा समाजले एक अपील जारी गर्दै सस्थामा आहोरात्र खटिएर काम गर्ने पदाधिकारीको मनोवल गिराउने र सस्थाको गरिमा माथी आंच आउने खालका गतिबिधीहरु प्रति खेद प्रकट गरेको छ।
    सस्थाले पोकली झरना क्षेत्रको बिकास हुन नदिने र पुर्ववत अबस्थामा फर्काउने साथै बिकास प्रेमीहरुको आशा माथी तुषारापात गराउने खालका गतिबिधी नगर्न समेत अपील मार्फत आग्रह गरेको छ। कोहि कसैसंग ब्यक्तीगत आग्रह, पुर्बाग्रह,कानुनी उपचार रोज्न समेत सस्थाले आग्रह गरेको छ।

    झरना क्षेत्रमा निर्माणकार्य भईरहेका केही दृश्यहरु :

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology