लकडाउनमा पनि पोकलीमा विकास निर्माणका काम

  • शिवराज गौतम ‘प्रयासी’
  • आइतवार, जेष्ठ २५, २०७७
  • पूर्ण बन्दाबन्दी (लकडाउन) को समयमा पनि लिखु पोकलीमा निर्माणको काम धमाधम भइरहेको छ । कोरोना भाईरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामको लागि सरकारले लकडाउन गरिरहेको अवस्थामा पनि विकास निर्माण र पर्यटकीय पूर्वाधार निर्माणको काम निरन्तर चलिरहेको छ । ओखलढुङ्गा लिखु गाँउपालिका–९ पोकलीमा रहेको नेपालको दोश्रो अग्लो र १०० पर्यटकीय गन्तव्य मध्येको एकमा पर्यटन प्रबर्धन गर्ने उद्धेश्यले निर्माण कार्यले तीव्रता पाएको पोकली झरना सेवा समाजका अध्यक्ष श्री मिलन विष्टले जानकारी दिनुभएको छ । आवश्यक स्वास्थ्य सर्तकताको उपायहरु अपनाएर पोकलीमा पूर्वाधार निर्माणको काम संचालन भईरहेको छ । कामको अनुगमन वडा कार्यालय र गाँउपालिकाले गरिरहेको छ । पोकली झरना क्षेत्र पूर्वाधार निर्माणका लागि पर्यटन मन्त्रालयबाट रु ५० लाख संसदिय क्षेत्र विकास कोषबाट रु ५० लाख, प्रदेश सरकारबाट रु ५० लाख र लिखु गाँउपालिकाबाट रु १० लाख रकम विनियोजन भएको कुरा पोकली झरना सेवा समाजका महासचिव शम्भु प्रसाद बरालले जानकारी दिनुभयो । उक्त स्थानमा पर्यटक पैदलमार्ग, सार्वजनिक शौचालय लगाएतका पुर्ननिर्माणका कार्य भईरहेको र सो सम्पूर्ण निर्माण कार्य असार सम्ममा सक्ने योजना बनाएको छ । भर्खरै संस्थाले करिव ७ रोपनी जग्गा पर्यटन पूर्वाधार निर्माण गर्नका लागि खरिद सम्झौता भइसकेको छ । अब पार्क निर्माणका लागि करिव १० रोपनी जग्गाको खोजी भइरहेको कुरा महासचिव बरालले जानकारी दिनुभयो । यसै गरि संस्थाले उपत्यकामा बस्न असजिलो भएका लिखु गाउपालिकाका नागरिकहरुलाई काठमाण्डौ बाट सुरक्षित तरिकाले गाँउ पठाउने कार्यमा समेत महत्वपुर्ण भुमिका खेलेको थियो ।

    केही महिना अघि हामी पर्यटन वर्ष २०२० मा जुटिरहेका थियौँ । पर्यटक भित्राउन देश विदेशमा प्रचार–प्रसारमा व्यस्त थियौँ । प्रचार–प्रसारका विभिन्न माध्यमहरु मध्ये ए.बि.सी टेलिभिजनको चर्चित कार्यक्रम इन्द«ेणीको लोक दोहोरी प्रतियोगिता गराँउदै महोत्सव गरिसकेका थियौँ । पर्यटकहरुलाई बस्ने खाने व्यवस्थाको लागि लमजुङ्गको घलेगाउँमा हाम्रा आमासमुहलाई अध्ययन भ्रमण गराईरहेका थियौँ। विभिन्न क्षेत्रको सरसफाईमा जुटेर होमस्टे व्यवस्थापन गर्नका लागि तल्लिन भएको बेला अप्रत्यासित रुपमा आएको कोरोना भाइरस (कोभिड १९) को महामारीले हाम्रो काम र जिम्मेवारीलाई फेरिदिएको छ । यसले विशेषत ः भौतिक दुरि सँग सम्वन्ध राख्ने हुनाले हाम्रा सम्पुर्ण गतिविधिहरु बदलिदिएको छ ।

    सँधै भरि हरेक मान्छेलाई भ्याइ, नभ्याइ, हतारो अनि तछाँडमँछाडको व्यस्त जीवनशैलीबाट विश्वको सिंगो मानव समुदायलाई अब हतार होइन खचाखच र कोलाहल दुनिँयाबाट भागेर एकान्त र शान्त दुनिँया विचरण गर्न बाध्य बनाएको छ । विश्वका धनी सम्पन्न दुनिँया अब बिस्तारै हाम्रो मुलुकको रीति, चालचलन, संस्कृति, परिवेश र व्यवहार प्रति आकृष्ट भएको पूर्विय सभ्यताको ‘नमस्कार’ बाटै प्रष्ट भएको छ । विश्व ध्वस्त गर्ने अणुबम, एटमबम बनाउनेहरु आज अदृश्य जीवाणु/भाइरस मार्ने उपाय नदेखेर/नभेटेर आतंकित बनेका छन् । त्यसैले हिमाल, पहाड, वन, सम्पदा जस्ता सामाजिक दुरी बढाउने ठाँउहरु नै प्रिय हुन सक्छन् । हालको दशकमा नेपालका कुना–कुनामा पर्यटकीय स्थलहरुको खोज र विस्तार गर्दै गरेको अवस्था छ । त्यसैले हाम्रा ठाँउहरु विदेशिहरुका लागि घुम्न उपयुक्त हुन सक्लान् । भुकम्प र नाकाबन्दीले खुम्च्याएको पर्यटन व्यवसाय विस्तारै बामे सर्दै गर्दा विश्व नै नयाँ अनौठो महामारीको चपेटामा प¥यो ।

    अहिले पर्यटक आवागमनको रुचिलाई हेर्दा धार्मिक, नेचर लक्जरी, सेल्फ ड्राइभ रोड टिप्स, एडभेन्चर सपिङ्ग, हनिमुन, ग्रुप ट्राभल्स, मेघा इभेन्ट, स्वास्थ्य, योगा, मेडिटेसन, बर्ड वाचिङ्ग, आध्यात्मिक आदि क्षेत्रमा पर्यटन व्यवसाय बढेको देखिन्छ । हामीले पनि पर्यटकहरुको रुचिलाई अध्ययन गरी हिमाल, ताल, झरना, मठ–मन्दिर, प्राकृतिक सम्पदा, अल्पसंख्यक जातजाती, रीतिरिवाज, संस्कृति, व्यवसायिक कृषि, औद्योगिक फर्म, विश्व सम्पदा सुचिमा सुचिकृत क्षेत्रहरुको विस्तारमा जोड दिनु पर्दछ । हामी पोकलीबासिले आफुलाई केन्द« भागमा राखेर लिखु नदि जलाधारक्षेत्रका करिव ४० वटा (साविक गा.वि.स) हाल ३÷४ वटा गाँउपालिकाहरुलाई समेटेर पर्यटन व्यवसायलाई अग्रगति दिँदा राम्रो हुन्छ । यसका लागि भौतिक संरचना, बाटो कालोपत्रे, राम्रो विद्युत व्यवस्थापन, पर्यटकीय क्षेत्रहरुको सुधार तथा सुदृढिकरण, बजारीकरण, निजी क्षेत्र तथा समुदायलाई पुर्ण रुपमा प्रशिक्षण गर्न सकेमा आगामी दिनमा विश्व बजार नै बिरक्तिएको र सुस्ताएको बेलामा हामीले विश्वपर्यटनलाई जुरुक्क उठाउने आँट गर्नुपर्दछ । यो महामारीबाट सिर्जित चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्नुपर्दछ ।

    अब हामी ओखलढुंगाबासीले पोकली र देम्बालाई मात्र होइन सिंगो जिल्लालाई नै पर्यटकीय ‘हव’ को रुपमा विकास गर्नुपर्दछ । नेपालमा पर्यटक बढाउन पर्यटकहरुको प्रकृति अनुसार नीति, नियम उपयुक्त बनाउन जरुरी हुन्छ । यो कोरोनाले सिकाएको अर्को पाठ पर्यटन व्यवसाय र पर्यटक सँगै स्वास्थमा विशेष सावधानी अपनाउनु पर्दछ । भौतिकदुरी, आवागमन, आवास, भोजनको गुण्स्तरीय प्रबन्ध गर्नुपर्दछ । अल्पकालिन र दीर्घकालिन रणनिती र कार्ययोजनाहरु बनाएर अघि बढाउनु पर्दछ । हरेक क्षेत्रलाई गुरुयोजनाहरु बनाएर चरणबद्ध रुपमा राष्ट्रलाई आर्थिक रक्तसंचार गराउनु पर्दछ । वास्तवमा आजका पोकली झरना सेवासमाजका युवा साथीहरु जुर्मुराएर लागेको खण्डमा यो एकदिन श्रीखण्ड बन्छ नै र विभिन्न पर्यटकीय ठाँउहरुमा टिकट काटेर छिरेर हेरे झैँ हाम्रो लिखु जलाधारलाई उपयुक्त पर्यटकिय गन्तव्य बनाउन सकिन्छ । हामीले अब पर्यटक आउनेक्रम बढाउन अध्यागमन शुल्कमा सुधार, भिषामा इलेक्ट्रोनिक्स प्रणाली, व्यवसायीहरुले लगानिमा वृद्धि र आधुनिकिकरण गर्न जरुरी हुन्छ । केन्द«, प्रदेश र स्थानिय तहको मापदण्ड तथा सुधार योजनामा समेत महत्वपुर्ण भुमिका रहन्छ ।
    लेखक शिवराज गौतम ‘प्रयासी’ओखलढुंगा लिखु–९ पोकली, लेती निवासी हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology