कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ६ , संक्रमितको संख्या १२ सय १२ पुग्यो

  • साझा डबली
  • शुक्रबार, जेष्ठ १६, २०७७
  • काठमाडौं, जेठ १६ ।  नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार थप एकजनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेका हुन्।

    जेठ १० गते भारतबाट नेपाल आउँने क्रममा ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। उनको पीसीआर परीक्षणको पोजिटिभ रिपोर्ट बिहीबार आएको मन्त्रालयका प्रवक्ता देवकोटाको भनाइ छ । उनको सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ।

    शुक्रबार एकै दिन १७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। प्रवक्ता देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १२ सय १२ पुगेको छ।  मन्त्रालयका अनुसार अहिलेसम्म १०६ जना निको भएका छन् । यसअघि नै पाँच जनाको मृत्यु भइसकेको छ ।

    शुक्रबार १९ जना डिस्चार्ज भएका छन्।  मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार कोरोना जित्नेको संख्या २०६ पुगेको छ । मन्त्रालयका अनुसार अहिले ९९ हजार एक सय ३६ जना क्वारेन्टाइनमा  छन्। संक्रमणको आशंकामा आइसोलेसनमा राखिएकाको संख्या एक हजार पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology