अस्पतालको आइसोलेसनमा रहेका एक युवाको मृत्यु

  • साझा डबली
  • सोमवार, जेष्ठ ५, २०७७
  • रोल्पा, जेष्ठ ५। रोल्पा नगरपालिका-१ सानो लिबाङका एक युवाको अस्पतालको आइसोलेसनमै रहेको वेला सोमबार दिउँसो मृत्यु भएको छ । लामो समयदेखि मृगौला रोगबाट प्रभावित युवक काठमाडौंको टिचिङ अस्पतालमा उपचार गरि फर्किएका हुन्।

    २२ वर्षीय युवक मृगौलाको डाइलासिस गराएर गृह जिल्ला फर्काइएको पारिवारिक स्रोतले जनाएको छ। टिचिङ अस्पतालबाट फर्काएका युवकलाई आइतबार राती साढे १० बजे रोल्पा अस्पताल रेउघामा विरामी युवकलाई भर्ना गरिएको थियो । युवकलाई आइसोलेसनमा राखिएको थियो । आईसोलेसनमै रहेको वेला युवकको मृत्यु भएको अस्पतालकी डा. धनमाया घर्तीमगरले जानकारी दिईन्।

    मृगौला पीडित भएपनि विभिन्न अस्तालबाट फर्किएकाले आईसोलेसनमा राखेर उपचार थालिएको थियो। आइसोलेसनमै मृत्यु भएकाले कोरोना संक्रमण भए नभएको जाँच गरिने मेडिकल सुपरिटेण्डेट डा. घर्तीमगले वताईन्। अस्पतालमा युवको आरडिटी जाँच गर्दा नेगेटिभ आएको जनाईएको छ। पिसिआर संकलन गरि परिक्षणका लागि पठाउने व्यवस्था मिलाएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology