कोरोना अपडेट: एकै दिन १६ जनामा कोरोना भाइरस संक्रमण

  • साझा डबली
  • आइतवार, बैशाख २१, २०७७
  • काठमाडौं, बैशाख २१। नेपालमा आज एकै दिन १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नेपालगन्जमा १५ जना र पर्साको वीरगन्जमा १ जना गरी आज १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    आइतबार दिउँसोसम्म ६ जना पुरूष र ४ जना महिला गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने साँझ थप ६ जना नयाँ संक्रमिण थपिएसँगै एकै दिन संक्रमितको संख्या १६ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगन्जमा ९० जनाको स्वाब परिक्षण गर्न पठाएकोमा अहिलेसम्म ६० जनाको रिपोर्ट आएको छ। जसमध्ये १५ जनाको रिर्पोट पोजिटिभ देखिएको छ भने ४५ जनाको रिर्पोट नेगेटिभ देखिएको छ। अन्य ३० जनाको रिपोर्ट आउन बाँकी रहेका कारण संक्रमितको संख्या बढ्न सक्ने आँकलन गरिएको छ।

    त्यस्तै आजै कोरोना संक्रमण पुष्टि भएका अर्का एक व्यक्ति वीरगन्ज ३ छपकैया ३६ वर्षीय पुरूष रहेका छन्। यो सँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ। तीमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्। उपचार गरेर घर गएका दुई जनामा भने फेरि स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

    सच्चाइएको : नेपालमा कोरोना संक्रमितको संख्या ८३ पुगे शिर्षकको समाचार सच्चाईएको छ । – सम्पादक 

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology