अमेरिकामा कोरोनोबाट मृत्यु भनिएका शेर्पा जिउदै भएको खुलासा

  • साझा डबली
  • सोमवार, चैत्र २४, २०७६
  • काठमाडौं, चैत्र २४। कोभिड–१९ भाइरसको संक्रमणबाट अमेरिका न्यूयोर्क निवासी निमा टेम्बा शेर्पाको अस्पतालमा मृत्यु भएको जानकारी दिएका उनका परिवारले पछि उनी जीवितै रहेको जानकारी दिएका छन् ।

    उनका दाजु ल्हाक्पायुला शेर्पाले निमाकोे मुटु चलिरहेको खबर आएको बताए । भाइको मुटु चलेको भन्ने खबर अस्पतालबाट आएको यसअघि आफूहरुबाट गलत सूचना दिएर गल्ती भएको स्वीकार गरेका छन् ।

    ‘सामाजिक सञ्जाल फेसबुकमार्फत भाइको मृत्युको खबर साथीभाइ, आफन्त तथा शुभचिन्तकलाई आफैंले दिएका हौं’ निमाका दाजु ल्हाक्पाले भने–‘हामीले मृत आत्माको चीर शान्तिको कामना गर्दै पुजापाठ समेत सुरु गरेका थियौं।’

    ल्हाक्पा शेर्पाले अस्पतालले निमालाई बचाउन नसकिएको खबर आफूहरुले पाए अनुसारनै हामीले उनको चीर शान्तिका लागि सबैलाई खबर गरेका थियौँ, उनले भनेका छन्, ‘हामीले दिएको जानकारी अनुसार नै शुभचिन्तकहरुले श्रद्धाञ्जली समेत लेखेका हुन्, हाम्रै गल्तीले यसो भएकाले यसलाई हामी अन्यथा लिँदैनौं ।’

    आफूहरु पनि अस्पतालकै सूचनाको भर पर्नुपर्ने भएकाले यसबाट हुन गएको दुबिधाप्रति क्षमायाचना गरेका छन् । उनले भनेका छन्, ‘हामी सबैले उहाँको स्वास्थ्य लाभका लागि प्रार्थना गरौं ।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology