युएईको दुबईमा दुई साता लकडाउन घोषणा

  • साझा डबली
  • आइतवार, चैत्र २३, २०७६
  • काठमाडौं, चैत्र २३। नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ युएईको दुबईमा दुई साता लकडाउन घोषणा गरिएको छ ।

    दुबईको संकट र प्रकोप व्यवस्थापन सर्वोच्च समितिले शनिबार बेलुकी ८ बजे देखि लागू हुनेगरी दुई साताको लागि लकडाउनको घोषणा गरेको हो।

    कोरोनाको प्रकोप नियन्त्रणका लागि युएईमा गत मार्च २६ देखि संचालन भएको राष्ट्रिय निर्मलीकरण अभियानलाई थप विस्तार गर्दै अब २४ सै घण्टा सरसफाई एवं किटनाशक अभियान संचालन गरिने गल्फ न्यूजले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology