अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थीका लागी सरकारले ल्यायो राहतको प्याकेज

  • साझा डबली
  • आइतवार, चैत्र २३, २०७६
  • काठमाडौं, चैत्र २३। अस्ट्रेलिया आएको एक वर्ष पुगेका नेपाली विद्यार्थीका लागि भने सरकारले राहतको प्याकेज ल्याएको छ ।

    विद्यार्थीको कर जम्मा भएको सुपर एनुयसन (नेपालको सञ्चय कोषजस्तै) बाट १० हजार डलरसम्म निकाल्न पाउने निर्णय अस्ट्रेलियन सरकारले गरेको छ ।

    भाडामा बसेका विद्यार्थीलाई भाडा नतिरेको भन्दै निकाल्न नपाउने, सुपरमार्केटमा जति समय पनि काम गर्न पाउने, नर्सिङ अध्ययन गरेकालाई वृद्धाश्रम र घर हेरचाहमा काम गर्न पाउने निर्णय पनि भएको छ ।

    त्यस्तै, भिसाको कन्डिसनअनुसार रकम तिर्न ढिलाइ भए पनि भिसा रद्द नहुने, भिसा अवधि बढाउन समस्या नहुने, कलेज जान नसके घरबाटै अनलाइन कक्षा लिन सक्ने, कुनै कलेजले पढाउन नसकेमा र विद्यार्थीले रकम फिर्ता चाहेमा दिने निर्णय सरकारले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology