कोरोना संक्रमणबाट अमेरिकामा बस्दै आएका पाँचथरका सम्वाहाङ्फेको मृत्यु

  • साझा डबली
  • मङ्लबार, चैत्र ११, २०७६
  • काठमाडौं, चैत्र ११। अमेरिकामा बस्दै आएका एकजना नेपालीको नोभल कोरोना भाइरसका कारण मृत्यु भएको छ। कोरोना संक्रमण भएर केही दिनअघि मात्रै अस्पताल भर्ना भएका पुर्ख्यौली घर पाँचथर भएका रमेश (लीला) सम्वाहाङ्फेको मंगलबार मृत्यु भएको हो। पाँचथरको रानी गाउँमा जन्मिएका सम्वाहाङ्फे लामो समयदेखि परिवारसहित अमेरिकामा बस्दै आएका थिए। उनले अमेरिकामा रहेर ह‍ोटल तथा ट्याक्सी व्यवसाय संचालन गरिरहेका थिए।

    साविक रानीगाउँ-४ निवासी उनको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण निधन भएको जानकारी उनकी भतिजी अमृता लिम्बुले दिएकी छन्। ‘उहाँले मलाई १५ तारिखमा कोरोना भाइरसबाट जोगिने उपायसम्बन्धी भिडियो पठाउनु भएको रहेछ’, उनले भनिन्, ‘मैले जवाफ फर्काएकी थिइनँ।

    कोरोना भाइरसकै कारण उहाँको निधन भएको सुन्‍नु पर्‍यो।’ सम्वाहाङ्फेको कोरोना भाइरसकै कारण निधन भएको खबर प्राप्त भएको जानकारी रानीगाउँ उपत्यका मिलन समाज परिवारका सचिव विन्देश्‍वर खनालले पनि दिएका छन्। सम्वाहाङ्फे परिवारसहित अमेरिकामा बसेर व्यावसायमा संलग्‍न थिए। उनकी श्रीमती र दुई छोरा पनि अमेरिकामै रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology