भारतमा रहेका नेपालीलाई नेपाल प्रवेश गर्ने अन्तिम अवसर

  • साझा डबली
  • मङ्लबार, चैत्र ११, २०७६
  • काठमाडौं, चैत्र ११। सरकारले भारतबाट आउने नेपालीलाई अन्तिमपटक नेपाल प्रवेशको अवसर दिएको छ। १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने शर्तसहित सीमाबाट छोडिदिने निर्णय गरिएको अर्थमन्त्री डा युवराज खतिवडाले बताए।

    स्थानीय र प्रदेश सरकारको समन्वयमा उनीहरु अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नुपर्ने खतिवडाले उल्लेख गरे। अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य सामग्री ल्याउन निजी क्षेत्रलाई आव्हान गर्ने निर्णय उच्चस्तरीय समितिले सहजीकरण गर्ने निर्णय पन गरेको खतिवडाले जानकारी दिए।

    निजी क्षेत्रका संस्थाले कोरोना कोष बनाएको भए आफू मातहतको कर्मचारीको मात्रै पैसा जम्मा गर्न पाउने र त्यो पैसा १ सातामा सरकारलाई हस्तान्तरण गर्नुपर्ने समितिले निर्णय गरेको खतिवडाले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology