थाइल्याण्डमा साथीसँग सँगै पार्टी गरेका ११ जनामा कोरोना भाइरसको संक्रमण

  • साझा डबली
  • शनिबार, चैत्र १, २०७६
  • एजेन्सी । साथीसँग सँगै पार्टी गरेका ११ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। यो घटना थाइल्याण्डको हो।

    साथीसँग एकसाथ पार्टी गरेका ११ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको थाइल्याण्डको सार्वजनिक स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै थाइल्याण्डको बैंकक पोस्टले जनाएको छ। एकसाथ पार्टी गर्ने सबै साथीहरु २५ देखि ३८ वर्ष उमेर समुहका रहेका छन्।

    थाइल्याण्डमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७५ पुगेको छ। थाइल्याण्डको स्वास्थ्य मन्त्रालयका अनुसार १५ साथीहरु मिलेर एकसाथ पार्टीको आयोजना गरेका थिए। जसमध्ये ११ जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भएको हो। तर ४ जना व्यक्तिको जाँच रिर्पोट नेगेटिभ आएको बताइएको छ।

    उक्त समुहले हङकङमा बस्ने एक व्यक्तिसँग २१ फेब्रअरीमा भेटेका थियो। भेट २५ फेब्रअरीमा ती समुहका व्यक्तिमा ज्वरो, खोकी र टाउँको दुख्ने समस्या देखिन थाल्यो। स्वास्थ्यमा समस्या देखिएपनि यी व्यक्ति दुई पटक साथीसँग पार्टीमा सामेल भए। त्यसपछि ४ मार्चमा ती व्यक्ति अस्पताल पुगे। अस्पतालमा उनीहरुलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भयो।

    ती व्यक्तिले पार्टीमा एक अर्कासँग चुरोट र रक्सीको गिलास पनि साटेको पाइयो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology