लैलाको नाममा म्यासेज : कोरोना निदानको भ्रमपूर्ण सन्देश यसरी फैलिँदै छ सामाजिक सञ्जालमा

  • साझा डबली
  • बिहिबार, फाल्गुन २२, २०७६
  • काठमाडौं, फाल्गुन २२। यतिबेला नोवेल कोरोना भाइरसको उपचार भन्दै सामाजिक सञ्जालमा एउटा सन्देश भाइरल भइरहेको छ, ‘हेल्लो आइ एम लैला अहमदी’।

    चीनको चनजान विश्वविद्यालको फ्याकल्टी अफ मेडिकल साइन्सकी विद्यार्थी भन्दै लैला अहमदीको नामबाट सामाजिक सञ्जालमा प्रसारण भइरहेको सन्देशमा भटामिन सीले कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरक्षा शक्तिलाई बढाउने भन्दै ‘एल्लो उड’ (चरी अमिलो) प्रयाप्त मात्रामा सेवन गर्न सुझाव दिइएको छ।

    यसरी फैलिएको सन्देशमा ‘तिमी र तिम्रा सन्ततिहरु सबै एचआइभी संक्रमति हुन् र कसैसँग नछोउ’ भनिएको छ।

    यस्तो छ उक्त भ्रामक सन्देश

    Hello, I’m Laila Ahmadi from China, Faculty of Medical Sciences, Zanjan University
    Corona virus arrives in any country, sooner or later there is no doubt that many countries have no diagnostic sets or equipment, so
    Please use as much as possible of natural vitamin C to strengthen your immune system.
    Don’t worry, C gets rid of it a lot, and it’s fine.

    The virus currently contains no vaccine and no specific treatment
    Unfortunately, due to the genetic mutation that made it very dangerous
    This disease appears to be caused by gene fusion in a snake and bat, and it has acquired the ability to infect mammals, including humans.

    It is important to keep the message on your greatest knowledge: Professor Chen Horin, CEO of the Beijing Military Hospital, said: “Slices of lemon in a cup of lukewarm water can save your life.” *
    Even if you work, you should take a look at this message and pass it on to others! The lemon cut into three parts and put in a cup, then pour hot water and turn it into (alkaline water),
    After reading, talk to someone else and transfer it to the person you love and take care of your personal health.
    Council:
    Professor Chen Horin notes that anyone who receives this message is at least guaranteed to save someone’s life…
    I have done my job and I hope you can help me develop it as well.
    They published it in academic groups.

    कोरोना भाइरसले संक्रमण फैलिइरहँदा यो सन्देशमा कोरोना भाइरसबाट बच्ने उपाय भन्दै बेइजिङस्थित मिलटरी अस्पतालका सीइओ चन होरिनलाई हवाला दिँदै ‘कागतीको टुक्रा हालेर एक कप मन तातो पानीले तपाईँको जीवन बचाउँछ’ भनिएको छ।

    नेपालमा फेसबुकका विभिन्न च्याट ग्रुप र पेजहरुमा यो सन्देश सेयर भइरहेका छन्। फेसबुकमा चर्चित दारी ग्याङ, एमआरआर भर्सेस डब्लुआरआर, ब्रह्माण समूह, भक्तपुरियनजस्ता धेरै सदस्य भएका समूहहरुमा पनि यो सन्देश सेयर भइरहेका छन्।

    या सन्देश अफ्रिकी मुलुकहरुमा स्थानीय भाषाहरुमा समेत सामाजिक सञ्जाल तथा ब्लगहरुमा सेयर भइरहेका छन्।

    फ्रान्सको एक स्थानीय भाषाको अनलाइनले हुबहु यसलाई फ्रेन्च भाषामा समेत प्रकाशित गरेको छ।

    पोर्चुगलमा समेत यो सन्देश भाइरल भइरहेको छ। त्यहाँको एक अनलाइन प्लेटफर्ममा ‘फ्याक्ट अर फेक’ले कोरोना भाइरस सम्बन्धी हल्लाहरुको फ्याक्ट चेक गर्दा ‘हेल्लो आइ एम लैला अहमदी’लाई पनि फेक सावित गरेको छ । स्टेट अफ साओ पाओलोका कोरोना भाइरस म्यानेजमेन्ट सेन्टरका डेभिड युपले यसलाई नकार्दै भिटामिन सी र कोरोना भाइरसबीच कुनै सम्बन्ध नरहेको बताएका छन्।

    सन्देशमा कोरोना भाइरस सर्प र चमेरोको जेनेटिक फ्युजनबाट उत्पति भएको बताइएको छ। यो पनि सरासर झुट हो। हालसम्म यसको उत्पत्तिबारे अध्ययन जारी छ। सन्देशमा चन होरिनको नाम उल्लेख छ। उनको नाम पनि अनाधिकृत रुपमा प्रयोग भएको छ। पोर्चुगलको स्वास्थ्य मन्त्रालयले यस्ता अनाधिकृत सूचना नपत्याउन अनुरोधसमेत गरेको छ।

    उता ब्राजिलमा पनि यही सन्देश भाइरल भइरहेको छ। ‘गलत सन्देश’ भाइरल भएसँगै त्यहाँको स्वास्थ्य मन्त्रालयले आधिकारिक रुपमा सन्देश गलत भएको भन्दै सेयर नगर्न भनेको छ।

    विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म कोरोना भाइरसको उत्पतिबारे वैज्ञानिक प्रमाणहरु फेला परेको छैन। यसको संक्रमण फैलिनुको कारणबारे अझै अनुसन्धान भइरहेको छ।

    सामाजिक सञ्जालमा यस्तै खालका अन्य सन्देशहरु पनि भाइरल भइरहेका छन्।

    सामाजिक सञ्जालमा यस्तै सन्देश सेयर भएसँगै अफ्रिकी मुलुकमा कागती, लसुन र अदुवा अभाव हुन थालेको सहेल स्टान्डर्ड म्यागेजिनले जनाएको छ।

    अफ्रिकी मुलुकमा यस्ता सन्देशहरु सामाजिक सञ्जालमा मात्र होइन त्यहाँका अनलाइनहरुमा पनि आएको छ।

    चन होरिनको नाममा फैलिएको सन्देश नयाँ भने होइन।

    हाल फैलिरहेको ‘फेक’ सन्देशमा हवाला दिइएका व्यक्ति हुन चन होरिन्। बेइजिङस्थित मिलटरी अस्पतालका सीइओ बताइएको छ उनलाई। २०१८ र १९ मा पनि उनकै नाम राखेर क्यान्सरको उपचार हुने भन्दै सामाजिक सन्जालमा भाइरल भएको थियो। यस्तै किसिमको सन्देशमा त्यतिबेला कागतीको टुक्रा एक कप मनतातो पानीमा हालेर खाए क्यान्सर निको हुने बताइएको थियो।

    त्यतिवेला अफ्रिका चेकले यसलाई फेक भएको सावित गरेको थियो।

    सामाजिक सञ्जालमा भाइरल भइरहेकी लैला अहमदीको बारेमा खोजी गर्ने प्रयास भयो। सन्देशमा उल्लेख भएको विश्वविद्यालमा उस्तै नाम गरेकी एक रिसर्चर फेला पर्‍यो, लियला अहमदी। यो नाममा एउटा जर्नल आर्टिकल प्रकाशित भएको देखिन्छ। ‘Laila’ सामाजिक सञ्जालमा भाइरल भइरहेको नाम हो। भने ‘Leila’ त्यस विश्व विद्यालयकी विद्यार्थी।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology