खाडी र मलेसियामा जस्तै अब अमेरिकाले पनि नेपाली कामदार माग्यो, जाने प्रकृया यस्तो छ !

  • साझा डबली
  • शनिबार, फाल्गुन १७, २०७६
  • एजेन्सी। अमेरिकी सरकारले कामदार भिसाको आवेदन डीभी लोटरी जसैगरि भर्न मिल्ने भएको छ । कामदारका लागि अमेरिकाले डीभी लोटरी जस्तै आवेदन लिएर भिसा दिने भएको हो । जुन भिसा अमेरिकाले खुल्ला गरेको छ । एचवान बी भिसा खुल्ला भएसँगै यसको अनलाइन दर्ता पनि सुरु हुने भएको छ ।

    अनलाइनमार्फत दर्ता अवधि मार्च १ को दिउँसो १२ बजेबाट सुरु हुने युएससीआईएसले घोषणा गरेको छ ।नेपाली समय अनुसार दिउँसो १२ बजेदेखि दर्ता खुल्ने र मार्च २० दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिने युएससीआईएसले जनाएको छ । आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र आवेदक र उनीहरुका प्रतिनिधिहरुले आवेदक र लाभग्राहीको विवरण भरेर अनलाइनमार्फत दर्ता गराउन सक्नेछन् ।

    हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ । उक्त नम्बर रजिस्ट्रेशन ट्रयाक गर्ने प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ ।तर उक्त नम्बर केस नम्बर नभएका कारण युएससीआईएसको केस स्टाटस हेर्न भने प्रयोग हुनेछैन ।

    कामदार भिसा एचवानबीमा दर्ता गर्नका लागि १० डलर दर्ता शुल्क तिर्नुपर्नेछ । गत नोभेम्बरमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम नियम प्रकाशित गर्दै कामदार भिसा एचवानबीका लागि दर्ता शुल्क १० डलर लिने जानकारी दिएको थियो ।यो बर्षदेखि अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याएको हो । विद्युतीय रुपमा दर्ता हुने बाहेक अरु नियम सन् २०१९ देखि नै लागु गरिएको थियो ।

    यसैबर्षदेखि लागु नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल बनाएको छ ।तर अमेरिकन डिग्री होल्डरका लागि भने विगतको तुलनामा निकै सहज बनाएको छ । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो ।

    एचवानबीमा दर्ता भएका श्रमिकको आवेदनहरुलाई लोटरीको माध्यमबाट छनोट गरिने छ । त्यसपछि छानिएका आवेदनहरुमध्येबाट थप अन्य प्रक्रिया सुरु हुने बताइएको छ ।श्रमिकले भने भिसाका लागि भने रोजगारदाता कम्पनी खोजेर आवेदन दिनुपर्ने भएको छ । आवेदनबाट छनौटमा परेका श्रमिकले भने अमेरिकी रोजगारदाता कम्पनीमा सिधै सम्पर्क गर्ने सकिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology