केटीहरूलाई दाह्री पालेका केटा बढी मनपर्छ

  • साझा डबली
  • शुक्रबार, माघ ३, २०७६
  • एजेन्सी। आजकलका केटाहरूको दाह्री पाल्ने फेसन नै भइसकेको छ । केटाहरूले आजकल झप्प पारेर दाह्री पाल्ने चलन पनि आएको छ । हलिउड, बलिउड र कलिउडमा पनि प्रायः हिरोहरु आजकल दाह्रीमा नै बढी देखिने गरेका छन् ।

    केटीहरूलाई दाह्री नपालेका भन्दा दाह्री पालेका केटा बढी मनपर्ने एक अध्ययनले देखाएको छ । हालै गरिएको एक अनुसन्धानले केटीहरू ट्रिम दाह्री भएका केटाहरु तर्फ आकर्षित हुने उल्लेख गरेको छ । अध्ययनमा उल्लेख भए अनुसार केटीहरूलाई दाह्रीका कारण केटाहरूको बलियो इमेज बन्ने गरेको भान हुन्छ ।

    हल्का दाह्रीवाला केटाहरू देख्दा धेरै केटीहरूको नजर केहीबेरका लागि उनीहरूमै अडिने गरेको अध्ययन बताउँछ । दाह्री भएका केटाहरू धेरै नै रोमान्टिक हुने भएकोले उनीहरूसँग साथ बिताउन केटीहरूलाई एकदमै मनपर्ने पनि अनुसन्धानले बताएको छ ।

    उनीहरूको ‘क्लासिक’ लुक्समा पनि प्राय केटीहरुको आँखा रहने गरेको देखिएको छ । हरेक केटी आफूले मन पराएको केटा परिपक्क होस भन्ने चाहाना राख्ने भएकोले पनि उनीहरुलाई दाह्री राख्ने केटाहरु धेरै परिपक्क हुन्छन् भन्ने लाग्छ । यस्ता केटाहरुप्रति केटीहरु बढी नजिक हुने गर्छन् ।

    दाह्री हुने केटाहरु मर्द हुन्छन भन्ने केटीहरूको मनोविज्ञानले बताएको अध्ययनमा जनाइएको छ । आजकल दाह्री पालेका केटाहरु केटीहरुलाई हट लाग्न थालेको अध्ययनमा बताइएको छ । त्यतिमात्रै हैन केटीहरूलाई क्लिन सेभ गरेका भन्दा दाह्री पालेका युवकले चाँडै नै आर्कषण गर्ने गरेको पनि अध्ययनमा उल्लेख छ । केटीहरुकोले क्लिन सेभ गरेका केटाभन्दा हल्का दाह्री पालेका केटा बढी ह्यान्डसम मान्ने गरेको समेत बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology