प्रधानमन्त्री कार्यालयले माग्यो २३२ जना जासुस, एसईई पास गरेकालाई अवसर

  • साझा डबली
  • सोमवार, पुस २१, २०७६
  • काठमाडौं, पुष २१। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तरगतको राष्ट्रिय अनुसन्धान विभागले २३२ जना सहायक सूचक (जासुस)का लागि दरखास्त आव्हान गरेको छ।

    देशका विभिन्न क्षेत्रमा भएका गतिविधिबारेमा गोप्य रुपमा सूचना लिनका लागि ती सूचकहरु नियुक्त गर्न लागिएको विभागले जनाएको छ। दरखास्त आगामी माघ १९ गते सम्ममा दिनुपर्ने छ।

    विभागद्वारा प्रकाशित विज्ञापनअनुसार विभागमा रिक्त रहेको सहायक सूचक (राजपत्र अनंकित चतुर्थ श्रेणी सरह) को लागि खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न लागिएको जनाइएको छ।

    उमेर २०७६ बैशाख १ गते १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको हुनुपर्ने र एसएलसी वा एसइइ पास गरेको प्रमाणपत्र चाहिने विभागले जनाएको छ।

    हेर्नुहोस् विज्ञापन

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology