सशस्त्र प्रहरीमा खुल्यो जागिर (हेर्नुस विज्ञापन)

  • साझा डबली
  • बिहिबार, मंसिर १९, २०७६
  • काठमाण्डौ, मंसिर १९ । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले ५८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र २३९ प्रहरी सहायक निरीक्षक (असई) लागि आहवान गरेको छ ।

    बुधबार विज्ञापन आह्वान गर्दे एपीएफ प्रधान कार्यालयले इन्स्पेक्टर र असई माग गरेको हो ।

    इन्स्पेक्टरको लागि स्नातक तह वा सो सरह र असईको लागि प्रमाणपत्र तह वा सो सरह पास गरेका व्यक्तिले आवेदन दिन सक्नेछ । योग्य उम्मेदवारलाई आजदेखि पुस १७ सम्म आवेदन गर्ने समय दिएको छ ।

    आवेदन प्रधान कार्यालय स्यम्भूसँगै सुनसरीको पकली, बर्दिबास, मकवानपुर, पोखरा, चन्द्रौटा, सुर्खेत, अत्तरियाबाट दिन सकिने सशस्त्र प्रहरीले जनाएको छ ।

    हेर्नुस सुचना :

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology