अबदेखि कमर्चारी अवकाशको उमेरहद ६० वर्ष

  • साझा डबली
  • शुक्रबार, कार्तिक २९, २०७६
  • काठमाडौं, कार्तिक २९। संघीय जिजामती सेवा ऐन लागू भएपछि नियुक्त हुने निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद अबदेखि ६० वर्ष हुने भएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले उपसमितिको प्रतिवेदनमा सहमति जनाउँदै उमेरहद बढाएको हो ।

    यसअघि अनिवार्य अवकाशको उमेरहद ५८ वर्ष थियो । हाल बहाल रहेका कर्मचारीहरुको हकमा भने जन्ममितिका आधारमा क्रमश: अवकाशको उमेरहद कायम रहने गरी सहमति भएको छ । समिति सचिव सञ्जय दाहालका अनुसार अवकाशको उमेरहद, निवृत्तिभरण लगायतका व्यवस्थामासमेत समितिले बिहीबार सहमति गरेको छ ।

    सदनबाट यो प्रस्ताव पारित भएमा नयाँ नियुक्त हुने कर्मचारीको अवकाशको उमेरहद ६० वर्ष र हालका कर्मचारीको हकमा जन्ममितिका आधारमा ६/६ महिना कार्याकाल लम्बिने छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology